दा’ह’संस्कार गर्ने बेलामा आयो कोरोना पोजेटिभ रिपोर्ट, म’ला’मी भागाभाग

 

बुटवल ।

रूपन्देहीको रोहिणी गाउंपालिकाका एक पुरूषमा मृ’त्यु’प’छि कोरोना संक्रमण पुष्टि भएको छ । रोहिणी गाउँपालिका–३, धकधईका ५३ वर्षीय पुरुषको शनिबार उपचारका लागि लैजाँदै गर्दा भारतको नौतनवामा मृ’त्यु भएको थियो ।

मृ’त्यु’पछि उनको श’ब नेपाल ल्याएर बुटवलको नेशनल प्याथ ल्याबमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले मिश्रको कोरोना रिपोर्ट पोजेटिभ आएको पुष्टी गरे ।

मृ’त’क’का आफन्त कृष्णचन्द्र मिश्रले पनि फेसबुकमा कोरोना रिपोर्ट सार्वजनिक गरेका छन् । योसंगै रुपन्देहीमा कोरोना संक्रमण पुष्टि भएका मृ’त’क’को संख्या ५ पुगेको छ ।

दा’ह सं’स्कार गर्दागर्दै म’ला’मी भा’गा’भाग

मिश्रको श’व’लाई आइतबार मध्यान्ह परिवारजनले दा’ह सं’स्का’र गर्ने अन्तिम तयारी गरेका बेला उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । यो खबर पुगेपछि घाटमा पुगेका म’ला’मी’को पनि भा’गा’भा’ग भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन शाहले कोरोना रिपोर्ट पोजेटिभ आएकाले मिश्रको श’ब नजलाउन आफन्तलाई आग्रह गरे पनि नमानेका बताए । रोहिणी गाउंपालिकाका अध्यक्ष सनोजकुमार यादवले श’ब’लाई चितामा राखेर जलाउनै लागेका बेला कोरोना पुष्टि भएको खबर आएपछि धेरै म’ला’मी भागाभाग भएको र परिवारका सदस्यले जलाएको जानकारी दिए ।

गाउँपालिका अध्यक्ष यादवले १०० जना भन्दा बढी म’ला’मी गएको बताए । मृ’त’क’का आफन्त, म’ला’मी गएका सबैलाई होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष यादवले बताए ।

प्रकाशित भएको : August 23rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु