भारतबाट ट्रकमा यसरी गरे त’स्क’री ; थाहा पाउदा सबै अचम्म , चलाइयाे मु’द्दा

 

काठमाडाैं ।

भन्सार चो’री पै’ठा’री गरी राजश्व चुहावट गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले ६ जना’वि’रू’द्ध उच्च अदालत पाटनमा मु’द्दा दायर गरेको छ।

वीरगन्ञ महानगरपालिका-१० स्थायी ठेगाना भएका रजनिश गुप्ता, राजेन्द्र थापासहित ६ जनालाई तीन करोड १९ लाख ७७ हजार ३७२ रुपैयाँ बिगो कायम गरी मु’द्दा दायर गरिएको हो।

विभागका अनुसार भारतीय ट्रकमा फल्स बटम बनाएर उनीहरूले सो बराबरको राजश्व चुहावट गरेको दाबी अभियोग पत्रमा छ।

युपी ७८ सीएन ३४६५ नम्बरको ट्रकमा भारतबाट भन्सार जाँचपासको लागि मालवस्तु लिएर आउँदा फल्स बटम बनाएर कपडाहरू लुकाइछिपाइ नेपाल ल्याउँदा उनीहरूले सो बराबरको राजश्व चुहावट गरेको विभागको दाबी छ।

उक्त कार्यमा मालवस्तु ढुवानीकर्ता नेपाल लजिष्टिकका सञ्चालक राजेन्द्रप्रसाद गुप्ता र बरामद मालवस्तु भएको ट्रकका चालक सुनिल कुमारलाई बरामद मालवस्तुको ५३ लाख २९ हजार ५६२ रुपैयाँ बिगो कायम गरी मु’द्दा दायर गरिएको छ।

अन्यलाई भन्सार चो’री पै’ठा’रीको बिगो दुई करोड ६६ लाख ४७ हजार ८१० गरी जम्मा तीन करोड १९ लाख ७७ हजार ३७२ रुपैयाँ कागम गरिएको विभागले जनाएको छ। बरामद ट्रक लिलामी प्रयोजनमा मु’द्दा’मा गएको छ।

प्रकाशित भएको : August 23rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु