नेता सापकोटाको समन्वयमा पोखराको गणतान्त्रिक चोकमा फुड सेन्टर

 

पोखरा,

विश्वभर महामारीको रुप लिईरहेको कोरोना भाईरस (कोभिड १९) को कारण भएको बन्दाबन्दी र देशको अवस्थालाई मध्यनजर गर्दै पोखरामा फुड सेन्टर अभियान थालिएको छ ।

बिशेष गरि दैनिक ज्याला मजदुरी गरेर खाने, र बन्दाबन्दीका कारण दैनिक बिहान बेलुका खान समेत अपुग हुने हरुको लागि लक्षित गरि अखिल नेपाल राष्ट्रीय स्वतन्त्र बिधार्थि युनियन (अनेरास्वयू) केन्दीय नेता क्षितिज सापकोटाको समन्वय र सहिद बेपत्ता स्मृति स्पोर्ट्स स्कूल को सहकार्यमा पोखराको गणतन्त्रिक चोकमा फुड सेन्टर संचालन गरिएको हो ।

खाद्यान्न हुनेले दिएर जाने तथा नहुने ले लिएर जाने हुदा पनि यो अभियान आफैमा लोकप्रीय रहेको छ । राहतको नाममा १÷२ सामाग्री बाड्दै फोटो खिचाउदै जाने चलन लाई समेत अन्त्य गराउन फुड सेन्टर संचालन गरिएको नेता सापकोटा ले बताए । राहत बितरण प्रचारका लागि नभई योगदानको निमित्त हुनुपर्ने भन्दै जो कोहिलाई पनि भोकै बस्न पर्ने अवस्था आउन नदिन फुड सेन्टर संचालन गरिएको बताए ।

फुड सेन्टरमा मास्क, senitizer साथै नुन, तेल,चिनि,दाल, चामल,लगायत खद्यान्नहरु राखिएको छ । यो अभियान अबको १ हप्ता सम्म पोखराको विभिन्न ठाउँ मा चल्ने  छ ।

अन्तिम पटक अपडेट गरिएको : August 29th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु