कोभिड-१९ विरुद्धको खोप डिसेम्बरमा ल्याउने चीनको तयारी, एक खोपको मूल्य १५ हजार रुपैयाँ

 

एजेन्सी, १३ भदौ।

चिनियाँ बायोटेक सिनोफार्मले निर्माण गरेको कोभिड-१९ खोप डिसेम्बरसम्ममा बजारमा आउने भएको छ ।

सिनोफार्म कम्पनीद्वारा निर्मित खोपको मूल्य समेत तोकिएको छ । कम्पनीले एक खोपको मूल्य १४० डलर तोकेको छ । उक्त खोपको मूल्य नेपाली बजारमा करिब १५ हजार जति पर्ने छ ।

हालसम्म विश्वभर अन्तिम चरणमा पुगेका ६ खोपहरु अग्रसर छन् । त्यसमध्य धेरै जसो चिनियाँ कम्पनीद्वारा निर्मित खोप रहेको जनाइएको छ। युरोपियन विज्ञहरुले चीनले विकास गरेको कोभिड-१९ विरुद्धको खोपप्रति सकारात्मक अभिव्यक्ति दिएका छन् ।

प्रकाशित भएको : August 29th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु