गोंगबु घटनाको अनुसन्धान सकियो, अन्तत प्रहरीले लियाे यस्ताे निर्णय

 

काठमाडौं, १३ भदौ।

प्र’ह’रीले गोंगबु ह’त्या’को अनुसन्धान सकेर अभियुक्तवि’रु’द्ध जन्म’कै’द’को माग दाबी गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

महानगरीय प्र’ह’री परिसर काठमाडौंका अनुसार अनुसन्धान प्रतिवेदन बिहीबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको छ । प्रतिवेदनमा रोल्पा रुन्तीगढीका ४५ वर्षीय कृष्णबहादुर बोहरा ह’त्या’को मुख्य अभियुक्त चितवन शक्तिखोरकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल)लाई मानिएको छ ।

कल्पनालाई जन्म’कै’द’को र श’व व्यवस्थापनका सहयोगी भनिएकी उनकी १५ वर्षीया छोरीलाई भने जन्म’कै’द’को दुईतिहाइ कम सजाय माग गरिएको छ ।

परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले अनुसन्धान सकेर बिहीबार प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिएको बताए । उनले भने, ‘बोहरा ह’त्या’ अनुसन्धान सकिएको छ । अध्ययन प्रतिवेदन हिजै (बिहीबार) सरकारी वकिल कार्यालयमा बुझाइएको छ ।

घटनामा संलग्न मुख्य अ’भि’यु’क्त’वि’रु’द्ध जन्मकैदको माग छ । सहयोगीको भूमिकामा रहेकी किशोरीवि’रु’द्ध भने जन्मकैदको दुईतिहाइ सजाय माग गरिएको छ ।’

प्र’ह’री’ले ह’त्या’मा संलग्न कल्पनालाई २७ साउनमा चितवनबाट प’क्रा’उ गरेको थियो । ह’त्या गरिएकै दिनको साँझ उनी १५ वर्षीया छोरी र १३ वर्षका छोरा लिएर एम्बुलेन्समा चितवनको शक्तिखोरस्थित माइती पुगेकी थिइन् ।

प’क्रा’उपछि काठमाडौं ल्याइएकी उनीविरुद्ध प्रहरीले विस्तृत अनुसन्धान थालेको थियो । बयानमा उनले योजनाबद्ध ढंगले नै बोहराको ह’त्या गरेको स्वीकार गरेकी छिन् । छोरीले श’व व्यवस्थापनमा सघाएको उनको बयानमा थियो ।

२५ साउनमा गोंगबु गणेशस्थाननेर एउटा कालो सुटकेसमा टाउको का’टि’एको श’व र टाउको केही पर झोलामा भेटिएको थियो । बोहरा ह’त्या भएको दिन २४ साउनको राति कल्पनाकै कोठामा बस्न गएका थिए ।

दही खाएपछि कृष्णबहादुर बेहोस भएको र त्यसपछि हथौडाले कृष्णबहादुरको संवेदनशील अं’ग’मा प्रहार गरी उनको ह’त्या गरेको अनुसन्धानबाट खुलेको थियो ।

काठमाडौं परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले बोहराको ह’त्या यो’ज’ना’ब’द्ध ढंगले नै भएको अभियुक्त कल्पनाले स्वीकार गरेको बताए । –नयाँ पत्रिका दैनिकबाट

प्रकाशित भएको : August 29th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु