मेसी म्यानचेस्टर सिटी जाने पक्का

 

एजेन्सी,  ।

अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी म्यानचेस्टर सिटी जाने पक्का भएको केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । मेसीको रोजाइमा इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर सिटी परेको उल्लेख गरिएको छ ।

फ्रान्सेली पत्रिका एल इक्वीपका अनुसार मेसीको बुवा जर्जले उक्त कुराको खुलासा गरेको बताइएको छ । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन पीएसजीले मेसीलाई क्लबमा भित्र्याउन चासो देखाउँदा उक्त कुराको खुलासा भएको जनाएको छ ।

पीएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनार्दोले मेसीको विषयमा सम्पर्क गर्नेक्रममा मेसीको म्यानेजरसमेत रहेका मेसीका पिताले मेसी सिटी जाने पक्का भइसकेको बताएका हुन् ।

बार्सिलोनासँगको सम्झौता अझै एक वर्ष बाँकी रहेको अवस्थामा मेसीले यसै हप्ता क्लब छाड्ने निर्णय गरेका खबर आजको समाचार पत्रले छापेको छ ।

प्रकाशित भएको : August 29th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु