
पोखरा,
विश्वभर महामारीको रुप लिईरहेको कोरोना भाईरस (कोभिड १९) को कारण भएको बन्दाबन्दी र देशको अवस्थालाई मध्यनजर गर्दै पोखरामा फुड सेन्टर (“मोबाइल फुड सेन्टर”) अभियान थालिएको थियाे।
बिशेष गरि दैनिक ज्याला मजदुरी गरेर खाने, र बन्दाबन्दीका कारण दैनिक बिहान बेलुका खान समेत अपुग हुने हरुको लागि लक्षित गरि अखिल नेपाल राष्ट्रीय स्वतन्त्र बिधार्थि युनियन (अनेरास्वयू) केन्दीय नेता क्षितिज सापकोटाको समन्वय र सहिद बेपत्ता स्मृति स्पोर्ट्स स्कूल को सहकार्यमा पाेखराकाे नालाकाे मुखमा फुड सेन्टर संचालन गरिएको हो ।
खाद्यान्न हुनेले दिएर जाने तथा नहुने ले लिएर जाने हुदा पनि यो अभियान आफैमा लोकप्रीय रहेको छ । राहतको नाममा १/२ सामाग्री बाड्दै फोटो खिचाउदै जाने चलन लाई समेत अन्त्य गराउन फुड सेन्टर संचालन गरिएको नेता सापकोटा ले बताए ।
पछिल्लाे लकडाउनबाट सुरूवात गरीएकाे याे कार्यक्रमबाट कुल १४५० जना लाभाम्वित भएका छन भने अाज भएकाे खाध्य सहयाेग वितरणबाट ५५० जना लाभाम्वित भएका छन ।
जो कोहिलाई पनि भोकै बस्न पर्ने अवस्था आउन नदिन फुड सेन्टर संचालन गरिएको हाे ।
राहत बितरण प्रचारका लागि नभई योगदानको निमित्त हुनुपर्ने भन्दै जो कोहिलाई पनि भोकै बस्न पर्ने अवस्था आउन नदिन फुड सेन्टर संचालन गरिएको बताए ।
फुड सेन्टरमा मास्क, senitizer साथै नुन, तेल,चिनि,दाल, चामल,लगायत खद्यान्नहरु राखिएको छ । यो अभियान बिषेश गरी दैनिक ज्याला मजदुरी गर्नेलाइ लक्षित गरि गरीएकाे हुदा अब उक्त कार्यक्रम अर्काे लकडाउन नहुदा सम्मकाे लागि वा अन्य कुनै प्राकृतिक विपत्ती नभइन्जेल सम्मकाे लागी स्थगित गरीएकाे छ ।
विपतकाे समयमा सरकारले नहेरेकाे भएतापनि याे कार्यक्रमले दुखी अनि दैनीकी मजदुरकाे पिडा तथा अासु पुछ्ने काम गरेकाे संचालक सापकाेटा बताउँछन ।
थप तस्विरहरू हेर्नुहाेस् ।
प्रतिकृया दिनुहोस्