
काठमाडौं,
एकै दिन सर्वाधिक १४ जना कोरोना संक्रमितको मृत्यु पुष्टि
नेपालमा आज कोरोना भाइरसको संक्रमणबाट १४ जनाको मृत्यु पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृतक संख्याबारे पुष्टि गरेको हो । यो अहिलेसम्म एकै दिन मृत्यु पुष्टि भएको सर्वाधिक संख्या हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज मृत्यु हुनेहरुमा ४ जना महिला र १० जना पुरुष छन् । योसँगै कुल मृतकको संख्या २ सय २१ पुगेको छ ।
यसअघि हिजो १२ जना थप संक्रमितको मृत्यु पुष्टि भएसँगै कुल संख्या २०७ पुगेको थियो ।
आज अहिलेसम्मकै सर्वाधिक १२ सय २१ कोरोना संक्रमित थपिए
नेपालमा आज कोरोना भाइरसका १२ सय २१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३८ हजार ५ सय ६१ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।
देशभर संक्रिय संक्रमितको सख्या १७ हजार ५ सय १८ रहेको छ । आज अहिलेसम्मकै सर्वाधिक संक्रमित संख्या थपिएको हो । योसँगै अवस्था झन् भयावह हुने देखिएको छ ।
आजसम्म २० हजार ८ सय २२ जना संक्रमणमुक्त भएका छन् । आज २४ घन्टामा संक्रमणमुक्त भई घर फर्कनेको सख्या २६७ रहेको छ ।
प्रतिकृया दिनुहोस्