टिकटकका ‘सेलेब्रिटी’

 

सुरक्षाको कारण देखाएर भारतले टिकटकमा प्रतिबन्ध लगायो । अमेरिकामा पनि बन्देज खेप्दै छ टिकटक । नेपालमा पनि इन्टरनेटको ब्यान्डबिथ धेरै खपत गरेको भन्दै टिकटक एपप्रति इन्टरनेट सेवा प्रदायकले चिन्ता व्यक्त गरेका समाचार आउन थालेका छन् ।

छरिता भिडियो बनाएर रमाउँदै टिकटकबाट चर्चा पाएर म्युजिक भिडियोसँगै अभिनयका विधामा आफ्नो बाटो फराकिलो पारेकाहरूमा चिन्ता बढेको छ । नेपालमा कहिलेसम्म सजिलै चल्न पाउला टिकटक ?

टिकटकमा देखिएर फलोअर्स बढाउँदै चर्चा पाउने नेपाली थुप्रै छन् । जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाले टिकटक चलाउन थालेको दुई वर्ष नाघ्यो । सुरुमा आ–आफ्नो अकाउन्टबाट छुट्टाछुट्टै टिकटक बनाउँथे उनीहरू । अभिनयमा रुचि राख्ने प्रिन्सीले सुरुमा टिकटक अकाउन्ट खोलेकी थिइन् । त्यसपछि दिदी प्रिज्माले पनि खोलिन् ।

एक दिन एकसाथ भिडियो बनाएर अपलोड गरे । भिडियोलाई अधिकांश दर्शकले रुचाइदिए, फलोअर्स पनि बढ्न थाल्यो । त्यसपछि दुवैले एउटै अकाउन्ट चलाउने निर्णय गरे । प्रिन्सीको अकाउन्टको नाम परिवर्तन गरेर ‘ट्विनी गर्ल्स’ राखियो । उस्ता–उस्तै देखिने दिदीबहिनीको अभिनय र अनुहारको हाउभाउसहितको सुरुवातका केही भिडियो त भाइरल नै भयो । टिकटकमा सर्वाधिक ७२ लाख फलोअर्स भएकी अञ्जु भण्डारीपछि धेरै फलोअर्स कमाएका यी दुई नै हुन् । अञ्जु अस्ट्रेलियामा बस्छिन्, उनका डान्सिङ भिडियोले अत्यधिक भ्युज पाएका छन् । उनले बनाएको टिकटक भिडियोको संख्या नै ५ सय नाघिसकेको छ ।

‘ट्विनी गर्ल्स’ लाई टिकटकमा ६५ लाखले पछ्याएका छन् । टिकटकले नै गर्दा यी दुईको चर्चा चुलिएको छ । त्यसैले यी दुई टिकटकलाई वरदान मान्छन् । यी दुईको लिप सिंक र डान्सिङ टिकटक मन नपराउने कमै होलान् । ‘टिकटकलाई नै वरदान भन्छौं हामी । टिकटकले नै हो हामीलाई दर्शकमाझ चिनाएको,’ प्रिन्सीले भनिन् ।

प्रिन्सी र प्रिज्मा जुम्ल्याहा भएकै कारण उनीहरूका टिकटक रुचाइदिएको चर्चा सुनिन्छ । प्रिन्सी यसमा त्यति सहमत छैनन् । ‘अहिलेसम्म पनि हामीलाई जुम्ल्याहा भएकै कारणले चलेको हो भन्नहुन्छ । हुन त जुम्ल्याहा प्रयोगकर्ताहरू धेरै हुनुहुन्छ । जुम्ल्याहा भएरै सबैजना अगाडि आएकै भन्न पनि अलिक नमिल्ला,’ उनले सुनाइन्, ‘जुम्ल्याहा भएर हामीलाई फाइदाचाहिँ भएकै हो ।

उस्तै देखेर भिडियोमा इफेक्ट गरेको हो कि भनेर सुरुवात ताका उत्सुक भएर धेरैले हेर्नुहुन्थ्यो । पछि जुम्ल्याहा नै भएकै थाहा पाएपछि प्लस पोइन्ट भयो ।’ टिकटकमा रुचाएका ‘ट्विनी गर्ल्स’ ले कहिल्यै म्युजिक भिडियो गर्ने सोचेका थिएनन् । तर, विस्तारै अभिनयको अफर आउन थालेपछि अवसर खेर जान दिएनन् । सोमबार रिलिज गरेको ‘हुन्छ खोसाखोस’ गरी करिब १४ वटा म्युजिक भिडियो गरिसके यी दुईले ।

त्यस्तै, टिकटकका अर्का स्टार हुन्, सुधीर श्रेष्ठ र रोशनी श्रेष्ठ । उनीहरू श्रीमान्–श्रीमती हुन् । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ अभिनीत ‘कोहिनूर’ फिल्मको ‘के म तिम्रो होइन र’ बोलको गीतबाट अत्यधिक चर्चामा आए यी जोडी । श्रीकृष्ण र अभिनेत्री श्वेता खड्काको अभिनयलाई नक्कल गर्दै सुधीर र रोशनीले बनाएको टिकटक भिडियो पनि भाइरल नै भएको थियो । विशेष त दम्पतीको हाउभाउ र लिप सिंकलाई अधिकांशले मन पराए । उनीहरूलाई पछ्याउँदै जोडी टिकटिक बनाउने बढे ।

श्रेष्ठ दम्पतीले यसअघि ‘जेल पनि सहुँला’ बोलको गीतमा टिकटक बनाएका थिए । १५ सेकेन्डको समयावधिमा यी दुईले प्रस्तुत गरेको अभिनय, हाउभाउ र कन्सेप्टलाई रुचाउने बढे । ‘के म तिम्रो होइन र’ मा टिकटक बनाउँदा सुधीरको फलोअर्स १७ हजार जनाभन्दा बढी थिए । अहिले उनलाई फलो गर्ने ३ लाख ९६ हजार छन् । सुधीर पनि आइरहेको टिकटक भिडियोभन्दा केही फरक कन्सेप्टको भिडियो बनाउँदा टिकटकमा रुचाएको बताउँछन् । ‘कन्सेप्टले गर्दा पनि रुचाइदिनुभएको हो सायद,’ उनले सुनाए । सरल हाउभाउ र नृत्यका कारण उनको टिकटक मन पराउने धेरै छन् ।

हुन त सुधीरले आफ्नो नृत्य कक्षाको प्रचार गर्न टिकटक बनाउन थालेका थिए । तर यसले उनैलाई चर्चामा ल्याइदिएको छ । ८ वर्षअघि नै फिल्म क्षेत्रमा कोरियोग्राफर, निर्देशक र कलाकारका रूपमा संघर्ष गरेका थिए उनले । खासै चर्चा पाएनन् । केही फिल्ममा सहायक कलाकारको रूपमा अभिनय पनि गरे । कतै सफलता नमिलेपछि सोह्रखुट्टेमा ‘सोलमेट डान्स एकेडेमी’ खोलेर नृत्य सिकाउन थाले ।

त्यही नृत्य कक्षाको प्रचार गर्न टिकटक बनाए । रातारात टिकटकले चर्चामा ल्याइदिएपछि उनले ७ वटा म्युजिक भिडियोमा अभिनय गर्ने मौका मिल्यो । आफ्ना लागि टिकटक एकदम राम्रो माध्यम रहेको उनी बताउँछन् ।

रेश्मा घिमिरेलाई त ‘टिकटक क्विन’ पनि भन्ने गरिन्छ । टिकटकमा उनले गरेको लिप सिंक र डान्सिङ भिडियोलाई धेरैले रुचाइदिएका छन् । विशेषतः त उनको अनुहारको हाउभाउलाई लिएर उनले खुबै चर्चा बटुलिन् । टिकटकले दिएको चर्चासँगै उनले म्युजिक भिडियोमा अभिनय पनि गरिन् । ११ लाख फलोअर्स भएकी रेश्मा अहिले म्युजिक भिडियोमा सक्रिय छिन् ।

बालबालिकामा पनि टिकटकको मोह उत्तिकै भेटिन्छ । शैलिन श्रेष्ठ ज्वलन्त उदाहरण हुन् । बुबा सुजितले उनलाई टिकटकमा सक्रिय बनाएका छन् । प्रस्ट नखुलेको आवाज अनि उनको हाउभाउकै कारण चर्चामा छिन् शैलिन । ४ लाख ६९ ले फलोअर्स भएकी शैलिनले सानो उमेरमै विज्ञापनदेखि म्युजिक भिडियोसमेत गरेकी छन् ।

शैलिनको विशेष त रियल भिडियोहरू भेटिन्छ टिकटकमा । पछिल्लो समय शैलिनको कमेडी भिडियो ‘सोल्टी’ ले निकै चर्चा बटुल्यो । उनको सिको गर्दै थुप्रै बालबालिका टिकटकमा आएका छन् । एभिलिना खड्का, समायरा थापा यसका उदाहरण हुन् । एभिलिना र समायराका भावभंगीले पनि अधिकांशको मन जितेको छ ।

२ लाख ६९ हजार फलोअर्स भएका मञ्जिल बस्नेत पनि उत्तिकै हिट छन् । पछिल्लो समय उन पनि म्युजिक भिडियोतिर व्यस्त देखिन्छन् ।

‘मैले त मनपर्ने गीतको मात्र गरें यसरी । टिकटकमै केही गर्छु भन्नेलाई राम्रो हो । तर मेरो सपना ठूलो नै छ । त्यसैले मैले रकम लिएर गर्न छोडें । आम्दानीको स्रोत त राम्रो छ । यस्तो गर्दा टिकटकमै सीमित हुन्छ जस्तो लाग्यो,

गायक चक्र बमको ‘ओए काजल’ बोलको गीतमा फिचर्ड गीता ढुंगाना पनि टिकटकबाट नै चर्चामा आएकी हुन् । सुदूरपश्चिमतिरका गीत, देउडामा उनी हाउभाउ गर्न माहिर छिन् ।

सुदूरपश्चिमको भिडियो बनाउने विशेषताले पनि उनलाई मन पराउने बढी छन् । ४ लाख बढी फलोअर्स छन् उनको टिकटक अकाउन्टमा । गीता मात्रै होइन, पछिल्लो समय दीपा–दमन्ता, अमिता गुरुङ, उषा उप्रेती, राइडर प्रसान, एलिसा मगरलाई पनि टिकटकमा रुचाइएका छन् । टिकटकमा सक्रिय कलाकार वर्षा राउत, वर्षा शिवाकोटी, पल शाह, नीता ढुंगाना, आँचल शर्मा र अनु शाहका भिडियो पनि धेरै हेरिन्छ ।

प्रिन्सी र प्रिज्मा टिकटकबाट चर्चामा आएसँगै उनीहरूलाई फिल्मको निर्माण टिमबाट फोन आउन थाल्यो । फिल्मको गीतमा टिकटक बनाइदिन अनुरोध गर्नेहरू बढे । निर्माण टिमले भिडियो बनाएको निश्चित रकम दिने कुरा भएपछि उनीहरूले पनि टिकटक बनाइदिए ।

अहिलेसम्म रकम लिएर पाँचवटा फिल्मको गीतमा टिकटक भिडियो बनाएको प्रिन्सी सुनाउँछिन् । यसरी उनीहरूले १५ वटा म्युजिक भिडियोको प्रचार गरेका छन् । टिकटकमा यसरी भिडियो बनाउन थालेपछि कमाउन थाले दुई दिदीबहिनीले । टिकटक आम्दानीको स्रोत बन्यो । ‘कतिले फोन गरेर आफै कति लिनुहुन्छ भन्दै फोन गर्न थाल्नुभयो ।

एउटा प्लेटफर्मलाई प्रयोग गरेर कमाउन सकिन्छ भने किन नगर्ने भनेर हामीले पनि रकम लिन थालेको हो,’ प्रिन्सी सुनाउँछिन्, ‘पछि हामीले नै अफर गर्नेहरूलाई रकम तोकेर भन्न थाल्यौं ।’ यसरी टिकटकबाट उठेको रकम ‘पकेट खर्च’ पुग्ने गरेको उनी बताउँछिन् ।

‘हुन त टिकटकले नै गरेर गीत चल्ने होइन । राम्रो गीत भयो भने आफैंमा चल्छ । कतिवटा गीतहरू छायामा परेको हुन्छ । त्यो गीत टिकटक चर्चामा आइरहेको हुन्छ । सबै टिकटकले गरेर चलेको त भन्दिनँ, केही हदसम्म प्रचारको माध्यम बनेको छ,’

सुधीरले पनि पाँचवटा गीतको प्रचारका लागि निश्चित रकम लिएर भिडियो बनाएका छन् । उनी टिकटक आम्दानीको राम्रो स्रोत रहेको बताउँछन् । टिकटकमै सीमित हुने डरले पैसा लिएर भिडियोको प्रचार गर्न छाडिदिएको बताउँछन् सुधीर । ‘मैले त मनपर्ने गीतको मात्र गरें यसरी । टिकटकमै केही गर्छु भन्नेलाई राम्रो हो । तर मेरो सपना ठूलो नै छ । त्यसैले मैले रकम लिएर गर्न छोडें । आम्दानीको स्रोत त राम्रो छ । यस्तो गर्दा टिकटकमै सीमित हुन्छ जस्तो लाग्यो,’ उनले भने ।

अहिले उनी आफूलाई मन परेको गीतमा भिडियो बनाउँछन् । आफूले अभिनय गरेको म्युजिक भिडियोको प्रचारका लागि टिकटक बनाइरहेका हुन्छन् । पछिल्लो समय प्रचारको राम्रो माध्यम बन्दै गएको छ टिकटक । कति गीतहरू टिकटकबाटै चर्चामा आएका छन् । केही हदसम्म गीत हिट बनाउन टिकटकले भूमिका खेलेको प्रिन्सी बताउँछिन् । ‘हुन त टिकटकले नै गरेर गीत चल्ने होइन । राम्रो गीत भयो भने आफैंमा चल्छ । कतिवटा गीतहरू छायामा परेको हुन्छ । त्यो गीत टिकटक चर्चामा आइरहेको हुन्छ । सबै टिकटकले गरेर चलेको त भन्दिनँ, केही हदसम्म प्रचारको माध्यम बनेको छ,’ उनले भनिन् ।

याे समाचार कान्तिपूरमा रीना मोक्तानले लेखेकी छिन् ।

अन्तिम पटक अपडेट गरिएको : September 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु