यसरी गर्नुस सगूनको ‘मिनी आईपीओ’मा लगानी , कहाबाट भर्न पाइने ?

 

वासिङ डीसी ।

संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सोसल कमर्स स्टार्ट–अप कम्पनी सगूनले जारी गरेको ‘मिनी आईपीओ’मा लगानी गर्ने अवसर सेप्टेम्बर अन्त्यसम्म मात्रै रहेको छ । सगूनले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै ‘मिनी आईपीओ’मा लगानी गर्ने अवसर सेप्टेम्बर अन्त्यसम्म मात्रै रहेको जनाएको हो ।

संयुक्त राज्य अमेरिकाको सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिशनले यसै वर्षको सुरुमा सगूनलाई मिनी आईपीओ जारी गर्न अनुमति दिएको थियो । उक्त अनुमति अनुसार सगूनले नेपाल, उत्तर कोरिया र इरान बाहेक संसारका जुनसुकै मुलुकका नागरिकलाई प्रति शेयर ३० डलरका दरले ‘ग’ वर्गको धितोपत्र बिक्री गर्न पाउने छ ।

लगानी गर्न यहाँ जानुहाेस

“सन् २०२० मा कम्पनीले धेरै उत्साह जनक प्रगति गरेको छ’, सगून इंकका संस्थापक गोविन्द गिरीले भने, ‘फलस्वरूप यो वर्ष अमेरिका तथा अन्य देशका संस्थागत लगानीकर्ताहरुले सगुनसंग जोडिन रुचि देखाउदै आएका छन् ।

त्यसैले हामीले दोश्रो मिनी आईपीओ अन्तर्गतको शेयर बिक्री सेप्टेम्बर ३०, २०२० अर्थात्, अबको एक महिनासम्म मात्रै खुला गर्ने निधो गरेका छौं । सोही अवधिभित्र शेयर किनेर सगूनको निकट भविष्यमा हुनसक्ने आकर्षक प्रतिफल प्राप्त गर्ने बाटो सुनिश्चित गर्न हामी हाम्रा सबै शुभचिन्तकहरुलाई आग्रह गर्दछौं ।’

त्यसोत, आगामी वर्षको अन्त्यसम्ममा सगूनले अमेरिकाका् बैकल्पिक दोस्रो धितोपत्र बजारमा सहभागी हुने योजना बनाएको पनि उने जानकारी गराएका छन् ।

नेपाल तथा भारतमा प्रयोगकर्ताहरु माझ सगून लोकप्रिय बन्दै जाँदा त्यहाँ रहेका प्रतिष्ठित व्यवसायहरुसँग सगूनको साझेदारी पनि बढिरहेको उनको भनाइ छ । नेपालमा प्रभु ग्रुप, भाटभटेनी, फेवा बजारसँग सहकार्य भइसकेको र मिनिसो, नबिल बैंक र अमेजन इन्डियासँग सहकार्यको प्रक्रिया अगाडि बढेको पनि जानकारी गराएका छन् ।

प्रकाशित भएको : August 31st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु