भर्खरैको निर्णय : आश्विन महिनाको पहिलो सातादेखि परीक्षा सुरु [सूचनासहित]

 

काठमाडौ ।

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीका कारण सृजित असहज परिस्थितीले गर्दा सेमेस्टर परीक्षा प्रणाली अन्र्तगत स्नातक स्नातकोत्तर तहको नियमित (रेगुलर) तर्फका परीक्षाहरु आश्विन महिनाको पहिलो हप्ताबाट सञ्चालन गर्ने पूर्वाञ्चल विश्वविद्यालयले भर्खरै निर्णय गरेको छ ।

अधिकांश विश्वविद्यालयहरुले बैकल्पिक विधिबाट परीक्षा लिने निर्णय लिन थालेका छन् । त्रिभुवन विश्वविद्यालयले भने अहिले नै निर्णय लिएको छैन । तर उसलाईपनि अब बैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्ने थप दवाव पुगेको छ । पूर्वाञ्चल विश्वविद्यालयको सूचना यस्तो छ ।

पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले भर्खरै सूचना प्रकाशित गरेको छ । प्रकाशित सूचना अनुसार

परीक्षा व्यवस्थापन कार्यालयको अत्यन्त जरुरी सूचना

पूर्वाञ्चल विश्वविद्यालय प्राज्ञिक परिषद्को २०७७ साल भदौ १४ गते र कार्यकारी परिषद्को २०७७ भदौ १५ गतेको निर्णयानुसार कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीका कारण सृजित असहज परिस्थितीले गर्दा सेमेस्टर परीक्षा प्रणाली अन्र्तगत स्नातक/ स्नातकोत्तर तहको नियमित (रेगुलर) तर्फका परीक्षाहरु मात्र बैकल्पिक विधि (टाईम बाउण्ड होम एग्जाम) बाट सञ्चालन गर्ने निर्णय भएकाले स्थगित तथा सञ्चालन हुन बाँकी रहेका परीक्षाहरु २०७७ साल आश्विन महिनाको पहिलो हप्ताबाट सञ्चालन हुने भएकाले आफु अध्ययनरत क्याम्पस कलेजमा सम्पर्क हुन सम्बन्धित नियमित (रेगुलर) तर्फका विद्यार्थीलाई जानकारी गराउँदै परीक्षा कार्यक्रम र परीक्षा सञ्चालन सम्बन्धि निर्देशिका यथाशिघ्र प्रकाशित गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । साथै बार्षिक तर्फका नियमित / आंशिक र सेमेस्टर तर्फका आंशिक परीक्षाहरु पछि निर्णय भइ आएअनुसार सञ्चालन गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।

जानकारी नपाएर कोहीपनि परीक्षा दिनबाट बञ्चित हुन नदिन तपाई जो कोहीले यो सूचना हेरिसकेपछि समाजिक सञ्जालमा सेयर गरिदिनुहोला । सेयर गरेर सामाजिक उत्तरदायीत्व पुरा गर्नुभएकोमा धन्यवाद ।

योपनि

त्रिविले वार्षिक परीक्षा बारे बल्ल आज स्पष्ट बोल्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक परीक्षा बारे त्रिविले बल्ल आज आएर स्पष्ट बोलेको छ । उसले सबै परीक्षा अब दशैँ पछाडि मात्र हुने स्पष्ट पारेको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ । यसअघि बन्दाबन्दी (लकडाउन) खुलेसँगै सवारी साधन सञ्चालन भएपछि पनिकाले भदौ १६ गतेबाट सेमेष्टर र असोजको पहिलो हप्ताबाट वार्षिक परीक्षा गर्ने तयारी रहेको थियो । “अहिलेको स्थितिमा दशैँ अगाडि कुनै पनि परीक्षा गर्न सहज छैन”, उनले भने, “अब वार्षिक अन्तर्गतका सबै परीक्षा दशैँपछि नै हुन्छन् ।”

उनका अनुसार मङ्सिर १५ वा २० गतेदेखि परीक्षा गर्ने र चैतसम्म सकाउने तयारी छ । चैतसम्म सबै बाँकी रहेका परीक्षा सकाएपछि शैक्षिक क्यालेन्डरमा कुनै असर नपर्ने नियन्त्रक जोशीले बताए । सेमेष्टर परीक्षामा भर्चुअल माध्यमबाट परीक्षा लिने बहस पनि छ । तर धेरै विद्यार्थी भएको तहमा भर्चुअल माध्यमबाट परीक्षा सम्भव देखिएको छैन । परीक्षा नियन्त्रक जोशीले भने, डिन कार्यालयले बुझाएको प्रतिवेदन बुझाएपछि गर्ने वा नगर्ने भन्ने हुन्छ ।’

परीक्षा के होला ? भनेर सबै विद्यार्थी र अभिभावकमा प्रश्न उब्जिरहेका बेला र हाम्रो सञ्चार माध्यममा बारम्बार सोधिएको प्रश्न भएकाले आज हामीले यो आधिकारीक जानकारी प्रकाशन गरेका छौ । यो जानकारी आफुले लिएपछि सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला ।

योपनि

त्रिविका देशभरीका क्याम्पसमा अब यसरी लिइनेछ नयाँ शिक्षक

काठमाडौ । त्रिभुवन विश्वविद्यालय त्रिविले सम्बन्धित विषयमा उत्कृष्ट अङ्क प्राप्त गरी स्वर्ण पदक प्राप्त व्यक्तिलाई आंशिक शिक्षक नियुक्त गर्न प्राथमिकता दिने नीति तय गरेको छ । विश्वविद्यालयमा अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी नयाँ निर्देशिका जारी गर्दै विश्वविद्यालयले अब उत्कृष्ट विद्यार्थीलाई अध्यापनका लागि प्राथमिकता दिने गरी बाटो खोलेको हो ।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले विश्वविद्यालयका अतिरिक्त कक्षामा शिक्षकको व्यवस्थापन नयाँ तरिकाले गर्ने उद्देश्यले निर्देशिका जारी गरी कार्यान्वयनका लागि सबै क्याम्पस प्रमुखलाई पठाइएको जानकारी दिए । भदौ १ बाट लागू हुने गरी यो निर्देशिका जारी गरिएको जानकारी त्रिविले दिएको छ ।

आंशिक शिक्षक अब करार नहुने

नयाँ निर्देशिकाअनुसार अब विश्वविद्यालयमा कार्यरत आंशिक शिक्षकलाई करार नबनाइने भएको छ । यसअघि आंशिक शिक्षकलाई करार गर्ने प्रावधान विश्वविद्यालयमा थियो । करार शिक्षकको सेवासमेत सुनिश्चित गरिएको थियो । अब भने नयाँ तरिकाले शिक्षक नियुक्ति र व्यवस्थापन गरिने भएको छ । सोअनुसार प्रतिक्रेडिट प्रणालीअनुसार कक्षा लिन प्रतिक्रेडिट १५ हजार रुपियाँका दरले र प्रतिपिरियड पाँच सय रुपियाँका दरले भुक्तानी दिने गरी शिक्षकलाई पारिश्रमिक दिइने भएको छ ।

सेमेस्टर प्रणालीको हकमा पाँच महिना र वार्षिक प्रणालीको हकमा १० महिना अध्यापन गर्ने अवधिका आधारमा शिक्षकलाई भुक्तानी दिइने जनाइएको छ । एकै शैक्षिक सत्रमा तीन क्रेडिटभन्दा कम वा एक सय पूर्णाङ्कको कोर्स वा विषयभन्दा कम कक्षाभार लिने गरी कुनै पनि व्यक्तिलाई त्रिभुवन विश्वविद्यालयको अध्यापन कार्यमा सम्झौता गराउन नपाइने प्रावधान बनाइएको छ । समाचार गोरखापत्रमा लेखिएको छ ।

प्रकाशित भएको : August 31st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु