२० वर्षीया युवतीसहित थप दुई कोरोना संक्रमितको मृत्यु

 

काठमाडौं

काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत् दुई जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ।

शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सविन थपलियाको अनुसार ७५ वर्षीय एक जना पुरुष र २० वर्षीया एक जना महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो ।

उनीहरु दुवै जनाको मंगलबार साँझ मृत्यु भएको हो । ७५ वर्षीय पुरुष काठमाडौं मैतिदेवीका हुन् भने अर्की महिला तनहुँकी हुन् ।

तनहुँ स्थायी घर भएकी युवती किड्नी फेल भएर डायलासिस गराउँदै आएकी थिइन्। उनलाई संक्रमण पुष्टि भएपछि मंगलबार नै कोभिड वार्डमा सारिएको थियो।

दुबै मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।

प्रकाशित भएको : September 2nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु