बगलुङ पहिरो अपडेट- ८ जनाको मृत्यु, १३ जना बेपत्ता, ४ घाइते

 

बाग्लुङ । बागलुङको ढोरपाटन नगरपालिका–९ भुसुण्डेको पहिरोमा परेका ८ जनाको शव फेला परेको छ । पहिरोमा परेका १३ जना अझै बेपत्ता छन् भने ४ जना घाइते छन् ।

पहिरोमा परी मृत्यु हुनेहरुमा बागलुङ ढोरपाटन–९की २६ वर्षीया केशमाया विक, सोही स्थान निवासी अन्दाजी ३२, ३५, २२ , १३ ,३० वर्षका पाँच जना पुरुषको व्यक्तिको शव फेला परेको छ । त्यस्तै अन्दाजी २२ वर्षीया महिला र १५ वर्षीया बालिकाको पनि शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । हालसम्म ८ जनाको शव विभिन्न स्थानबाट निकालिएको भएपनि एक जनाको मात्र सनाखत हुन सकेको छ ।

त्यस्तैगरी पहिरोमा परी सोही नगरपालिकाका विभिन्न वडामा बेपत्ता १३ जना छन् । बेपत्ता हुनेमा ढोरपाटन नगरपालिका ९ बस्ने वर्ष ३५ कि कौशला पुन उनको छोरा वर्ष ६ को हिक्मत पुन,

ढोरपाटन नगरपालिका ९ बस्ने वर्ष ३५ को जीतबहादुर घर्ती, वर्ष ४० को राजु घर्ती, वर्ष ३० की कुमारी बि.क, वर्ष १९ की पुतली बि.क., वर्ष ३२ की कर्मती घर्ती मगर, वर्ष ३५ की रीना घर्ती मगर ।

 

वर्ष ३५ की दिलमाया घर्ती मगर, उनको छोरा वर्ष ६ को नाम नखुलेको । वर्ष ५५ कि डोटी पुन । वर्ष ५२ कि टुलमती पुन र २५ वर्षको नविन भण्डारी छन ।

भण्डारीसँग २ वटा मोटरसाईकलमा घुम्न गएका अन्य ३ जना मोटरसाईकल बगाएको ३ जना मानिस सकुशल रहेका छन् । त्यस्तै चार जना घाइतेहरुमा बागलुङ ढोरपाटन–४ निवासी १५ वर्षीय महेन्द्र पुन, २८ वर्षीया सरिता घर्ती, ४२ वर्षीया धर्मेन्द्र पुन र ५४ वर्षीया बेलमती पुन घाइते छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनएको छ ।

पहिरोमा पुरिएर भुसुण्डेमा पार्किङ गरी राखेको ग१ज ४१२५ नं.को पिकअप जिप समेत बगाई लगेको, उक्त पहिरोले के कती मानवीय, चौपाय तथा भौतिक क्षति भयो भन्ने बारेमा खुल्न सकेको छैन ।

स्थानीय मार्फत पहिरोले बगाएको सूचना प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोली खटिई स्थानीयको सहयोगमा उद्दार तथा खोजीकार्य भईरहेको छ ।

अन्तिम पटक अपडेट गरिएको : September 5th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु