एकैपटक थप १५९ जनामा कोरोना संक्रमण पुष्टी

 


नेपालमा आज मात्रै एकैपटक थप १५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।  गण्डकी प्रदेशमा ४०, चितवनमा  ७४  र पर्सा र बारामा ४५ जनामा कोरोना कोरोना संक्रमण पुष्टी भएको हो ।

भरतपुर कोभिड प्रयोगशाला र चितवन मेडिकल कलेज कोभिड प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका मात्रै ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशमा पूर्वी नवलपरासी ९नवलपुर० मा १७, कास्कीमा १६, लम्जुङमा ३, तनहुँमा २ तथा स्याङ्जा र बाग्लुङमा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ५२ पुगेको छ ।

त्यसैगरि बिहीबार नारायणी अस्पताल प्रयोगशालामा ५ सय ८४ जनाको पीसीआर परीक्षण गरिएकोमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए । १८ देखि ४५ वर्ष उमेर समूहका संक्रमितहरुमध्ये १० जना महिला छन् । संक्रमितहरु सुरक्षाकर्मी र बैंकका कर्मचारीसमेत छन् । संक्रमितमध्ये २९ जनाको सिटि भ्यालु २४ र २४ भन्दा कम छ । भने १६ जनाको सिटि भ्यालु २५ भन्दा बढी छ । सिटि भ्यालु २४ आउनुलाई कडा संक्रमण मानिन्छ भने २५ भन्दा बढी सिटि भ्यालु भएको अवस्थामा कमजोर संक्रमण हुन्छ ।

वीरगञ्जमा मात्रै १९ जनामा संक्रमण पुष्टि भएको छ । नबिल बैंकमा कार्यरत ५ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । उनीहरु ३७, ३२, २६, २७ र २१ वर्षीय पुरुष हुन् । वीरगञ्जको वडा नं. ९, १०, ११, १४ र २२ मा २÷२ जना र वडा नं. ८, १५ र २१ मा १÷१ जनामा कोरोना देखिएको छ । संक्रमित मध्ये १ जनाको ठेगाना खुलेको छैन ।

पर्साको कालिकामाई गाउँपालिका वडा नं. १ मा २ जना, वडा नं. ३ मा १ जना, सखुवा प्रसौनी गाउँपालिका वडा नं. ४ मा २ जना, वडा नं. ५ मा १ जना र पटेर्वासुगौलीमा १ जनाको पीसीआर पोजेटिभ देखिएको छ । बाराको निजगढ नगरपालिकाबाट पठाइएको स्वाबका नमुना परीक्षण गर्दा १४ जनामा कोरोना देखिएको छ । निजगढ नगरपालिकाको वडा नं. ८ मा २ जना, वडा नं. ३, ७ र ९ मा १÷१ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय निजगढका ३३, ३९, ३३, ४३, ५७ र २८ वर्षका ६ जना र सशस्त्र प्रहरी बल पिलुवाका २६ र ३७ वर्षका पुरुषमा कोरोना पुष्टि भएको छ । यसैगरी कामना विकास बैंकमा कार्यरत २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

त्यस्तै भरतपुर कोभिड प्रयोगशालामा थप १७ जना र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५६ जना रहेका छन् । यस्तै, राप्ती नगरपालिकाका ९, खैरहनी नगरपालिकाका ४, रत्ननगर नगरपालिकाका ३ र कालिका नगरपालिकाका २ जनामा छन् । संक्रमितहरु एक वर्षदेखि ७४ वर्ष उमेरसम्मका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञाको आज अन्तिम दिन यति धेरै संख्यामा चितवनमा संक्रमित फेला परेका हुन् । जिल्लामा संक्रमितको संख्या झण्डै ९ सय पुगेको छ ।

प्रकाशित भएको : September 4th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु