बुटवलमा थप ३ कोरोना संक्रमीतको मृत्यु

 

रुपन्देही

रुपन्देहीमा शुक्रबार बिहान तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुने दुई जना सिद्धार्थनगर नगरपालिकाका र एक जना बुटवल उपमहानगरपालिकाका छन्। तीमध्ये दुई जनाको बुटवलमा र एकजनाको भैरहवास्थित घरमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

मुटु अस्पतालमा उपचाररत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं.७ कि ६४ वर्षीया महिलाको शुक्रवार बिहान ८ : ४५ बजे मृत्यु भएको हो । भदौ ४ गते मुटु अस्पतालमा भर्ना भएकी उनमा भदौ १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उच्च रक्तचाप, मधुमेह, मृगौला रोग र निमोनियाको समस्या देखिएपछि वृद्धालाई भदौ ४ गतेदेखि नै आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचार गरिउको थियो । कोरोना संक्रमण पुष्टि भएपछि पनि बिरामीको भेन्टिलेटरमै उपचार भइरहेको अवस्थामा शुक्रबार बिहान मृत्यु भएको अस्पतालले विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

यस्तै सिद्धार्थनगर नगरपालिका वडा नं ८ का ४५ बर्षका पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचार गरेर फर्केका उनको परीक्षणको क्रममा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले बताए । मिर्गौलाका बिरामी उनको लामो समयदेखि डाइलासिस गराउँदै आएका थिए ।

शुक्रबार डाइलासिस गर्न अस्पताल जाने तयारी गरिरहँदा घरमै मृत्यु भएको जानकारी आएको शाहले बताए । योसंगै रुपन्देहीमा शुक्रबारसम्ममा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान नै बुटवलको कोरोना अस्पतालमा बुटवल उपमहानगरपालिका वडा नं ८ का ७८ वर्षका पुरुषको मृत्यु भएको थियो ।

प्रकाशित भएको : September 4th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु