ललितपुरको झडप नियन्त्रणमा खटिएका १८ प्रहरी सहित उपत्यकामा थप ५६ प्रहरीमा कोरोना संक्रमण,

 

काठमाडौं

बिहीबार ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरी सहित काठमाडौं उपत्यकामा कार्यरत ५६ प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

बिहीबार रातो मत्स्येन्द्रनाथको रथ स्वस्फूर्त तान्न खोज्ने युवालाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो ।

त्यहाँ भिड नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा संक्रमण पुष्टि भएको प्रहरी स्रोतले बताएको छ ।

सरकारले कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ । तर ती प्रहरीलाई स्वाब दिएपछि पनि भिड नियन्त्रणमा खटाएको पाइएको छ ।

यस्तै ललितपुर ट्राफिक प्रहरी कार्यालयका १५ जना, महानगरीय प्रहरी परिसर, काठमाडौंका १५ प्रहरी र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका ८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार थपिए अहिलेसम्मकै बढी कोरोना संक्रमित, थप १४ जनाको मृत्यु

शुक्रबार देशभर कोरोनाका १३५९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए।

यो अहिलेसम्मकै बढी कोरोना संक्रमितको संख्या हो । यसअघि बिहीबार एकैदिन १२२८ जना कोरोना संक्रमित थपिएका थिए।

पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ।

प्रकाशित भएको : September 4th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु