बिनोद चौधरी कोराना संक्रमणमुक्त

 


उद्दोगी बिनोद चौधरी कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । उनी दश दिनमै संक्रमणमुक्त भएका हुन् ।

नेपालका एकमात्र डलर अर्बपति चौधरीले आज ट्वीट गर्दै आफू दश दिन उपचारपछि संक्रमणमुक्त भएको जानकारी दिएका छन् ।

उनले आफूलई सबैको माया र प्रेरणाले ठूलो ऊर्जा दिएको र कोरोनाको संक्रमणबाट मुक्त भएको बताएका छन् ।

सांसद समेत रहेका चौधरीले भनेका छन्, ‘मैंले जीवनमा तपाईंहरुजस्ता आफन्त, इष्टमित्र, साथीभाइ र शुभेच्छुक कमाएको रहेछु । यस अर्थमा म आफूलाई अत्यन्तै भाग्यमानी महसुस गर्छु ।’

कोभिडको कारणले कोही पनि विद्यार्थीको शैक्षिक सत्र नबिग्रियोस् : मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले कोभिडको कारणले कोही पनि विद्यार्थीको शैक्षिक सत्र नबिग्रियोस भनेर सरकार लागिरहेको र सोहीअनुसार मन्त्रालयले कार्यक्रम बनाइरहेको स्पष्ट पारेका छन् । शनिबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

कुराकानीको क्रममा उनले भनेका छन,‘ पछिल्लो समयमा, डब्ल्यु.एच.ओ.ले के भन्यो भनेदेखि यो कोभिड–१९ लाई नियन्त्रण गर्नका लागि हामीलाई २ वर्ष लाग्छ । २ वर्षसम्म हामीले स्कुलहरू, शिक्षात्मक गतिविधिहरू अगाडि नबढाउने त ? स्कुल, कलेजहरू बन्द हुन सक्छन् तर शिक्षा बन्द हुँदैन ।

औपचारिक/अनौपचारिक पद्धतिबाट सिक्ने प्रक्रिया हुन्छ । ज्ञान प्राप्त गर्ने कुराहरू हुन्छ । परिस्थितिले हामीलाई यही दिशातिर लग्यो । त्यसकारणले विद्यार्थीहरू पनि यही दिशातिर जानुपर्छ । शिक्षकहरूले अहिले विद्यार्थीहरूलाई सिक्नको लागि सहयोग गर्नुपर्छ । अभिभावकले त्यसमा उत्प्रेरित गर्नुपर्दछ । स्थानीय सरकार, प्रदेश, संघ सबै यही दिशातिर जानुपर्छ भनेर सबै एकोहोरिएर यही दिशातिर लागिसकेपछि निश्चित् रूपमा हामी हाम्रो विद्यार्थीहरूको शैक्षिक सत्र सुनिश्चित गर्न सक्छौँ ।

प्रकाशित भएको : September 5th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु