दाम्पत्य सुखको लागि पढ्नै पर्ने कुरा

 

भर्खरै मात्र कतिपय वैवाहिक जीवनमा बाँधिएका छन् । विवाहका सुरुवाती दिनहरु जति रोमाञ्चक हुन्छन्, उत्तिनै द्विविधा र असमझदारी पनि । फरक पृष्टभूमीमा हुर्किएका, फरक सोंच र व्यवहार भएका दुई व्यक्ति आपसमा एकाकार हुँदा सबैकुरा ठिकठाक मिल्छ भन्ने हुँदैन ।

नव-विवाहित जोडीले एकअर्कालाई स्वीकार्नुपर्ने हुन्छ । यसरी आपसमा मिल्नका लागि एकअर्काले कतिपय कुरा त्याग्नुपर्ने पनि हुन्छ । त्याग, समर्पण, समझदारी र सहकार्यबाट मात्र सुखमय दाम्पत्य जीवनको सुरुवात हुन्छ ।
सुरुवाती दिनमा दम्पतीले एकअर्कालाई राम्ररी बुझ्न पाएका पनि हुँदैनन् । एकअर्काको आनीबानी, सोंच–चिन्तन, रुची–आंकक्षा, कौशल–क्षमता । आफ्नो बानी व्यवहार जीवनसाथीलाई मन नपर्न सक्छ, आफ्नो रुची वा सोंच जीवनसाथीलाई मन नपर्न सक्छ । दुबैको इच्छा एवं आकंक्षा एकै नहुन सक्छ । यस्तो अवस्थामा उनीहरुका लागि आवश्यक हुन्छ, समझदारी । कति कुरा स्वीकार्ने, कति कुरा त्याग्ने । यदि आफुलाई केन्द्रमा राखेर निर्णय गर्ने, आफ्नो विचार लाद्ने, आफुलाई सर्वोपरी मान्ने हो भने दाम्पत्य जीवन कष्टदायक हुनपुग्छ ।

दम्पतीहरुले सुरुवाती दिनमा केही गल्ती गर्न सक्छन् ।

१. कतिपयले के गल्ती गर्छन् भने आफु जस्तो छु, त्यही रुपमा स्वीकार्नुपर्छ भन्ने सोच्छन् । यस किसिमको सोचाइले दाम्पत्य जीवनमा कलह पैदा गर्छ । अविश्वास, घृणा, असझदारीले ठाउँ पाउँछ ।

२. विवाह अघि आफ्ना जीवनसाथीबारे अनेक कल्पना गरेका हुन्छन् र त्यही अनुसार उनको अपेक्षा पनि हुन्छ । आफुले अपेक्षा गरे अनुसार जीवनसाथीले सबै कुरा पुरा गरिदिन्छन् भन्ने सोच्नु गलत हो । अपेक्षाले पनि दाम्पत्य जीवनमा कलह पैदा गर्छ ।

३. सुरुवाती दिनमा दम्पतीले एकअर्कालाई आफुजस्तै बनाउने यत्न गर्छन् । आफ्नो कुरा सबै ठीक छ र जीवनसाथीले पनि आफुले जस्तै गर्नुपर्छ भन्ने सोच्छन् । तर, कसैलाई आफुजस्तो बनाउने भन्दा पनि जस्तो छ त्यही रुपमा स्वीकार्नु पर्छ ।

विवाहअघि सबै कुरा आफ्नो मर्जी अनुसार गर्न सकिन्छ । जस्तो के खाने, के लगाउने, कतिबेला सुत्ने, कहाँ जाने ।

तर, विवाहपछि यी सबैकुरामा आफ्नो एकलौटी निर्णय संभव हुँदैन । जीवनसाथीको बानी–व्यवहारसँग पनि आफुले तालमेल मिलाउनुपर्ने हुन्छ । उनको विचार र इच्छालाई पनि सम्मान गर्नुपर्ने हुन्छ । कुनैपनि निर्णय गर्दा आफुलाई केन्द्रमा राख्ने होइन, दुबैको इच्छा र रुचीलाई ध्यानमा राख्नुपर्छ ।

जब दाम्पत्य जीवनमा प्रवेश गरिन्छ, तब एकअर्काको स्वभाव, प्रवृत्ति, आचरणलाई स्वीकारौं वा परिवर्तन गर्नुपर्ने हुन्छ ।

फरक पृष्टभूमीमा हुर्किएका युवा र युवतीबीच सबैकुरा मिल्छ भन्ने हुँदैन । दुबैको स्वभाव र प्रवृत्ति मिल्दो नहुन सक्छ । कतिपयको स्वभाव के हुन्छ भने, आफुले गरेको निर्णय वा आफ्नो सोंच एकदम ठिक छ । आफुले गरेकै कुरा स्विकार्य हुनुपर्छ । यस किसिमको हठले दाम्पत्य जीवन चल्दैन । जब आफ्नो जीवनमा अरु कोही प्रवेश गर्छ भने, उसको लागि पनि आफुले केही स्पेश दिनैपर्छ । उनको रुचीको लागि स्पेश, उनको आंकक्षाका लागि स्पेश, उनको स्वभावको लागि स्पेश ।

विवाहलाई त्याग र समर्पण भन्नुको अर्थ यो पनि हो । अरुको कुरा पनि स्विकारौं । अरुको इच्छा र आकंक्षा पनि स्विकारौं ।

जब विवाह गरिन्छ, तब हाम्रो दायरा अझ फराकिलो हुन्छ । हाम्रा सम्बन्धका आयमहरु बढ्छन् । हामीले आफ्ना लागि मात्र होइन, अरुको लागि पनि कतिपय कुरामा सम्झौता गर्नुपर्ने हुन्छ ।

दुलहीले नयाँ घर, नयाँ परिवेश, नयाँ परिवारका सदस्यहरुसँग आफ्नो तालमेल मिलाउनुपर्ने हुन्छ । दुलहाले पनि आफ्ना सासु–ससुराप्रति सद्भाव र सम्मानभाव देखाउनुपर्छ । दुबैले एकअर्काको परिवारलाई आफ्नै पारिवारिक सदस्यको हिसाबले एकमुष्ठ गर्नुपर्छ ।

कतिपय अवस्थामा चाहि दुलहा वा दुलहीका आर्थिक, सामाजिक पृष्टभूमी मिल्दैन । यस्तो अवस्थामा एउटामाथि अर्को हावी हुन्छन् । एउटामाथि अर्कोको हस्तक्षेप बढ्छ । यो भनेको आफ्नो दम्भ हो । दम्भले दाम्पत्य जीवन फिका बनाउँछ ।

त्यसैले अरुलाई हेलाहोचो गर्ने, दबावमा राख्न खोज्ने, आफु हावी हुन खोज्ने गर्नै हुँदैन । दाम्पत्य सुखका लागि दुबैले एकअर्कालाई बुझ्नुपर्छ । एकअर्काको परिवारलाई सम्मान गर्नुपर्छ ।

प्रकाशित भएको : September 5th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु