
काठमाडौ । कहिलेकाही अनौठा घटना हुने गर्दछन् । एकछिन त पत्याउन नै मुस्किल हुन्छ तर सत्य नपत्याएर कसैलाई धर छैन । भारतको गुजरातमा भएको एक घटनाले अहिले त्यहाँका मानिसहरु अचम्ममा परेका छन् । सो घटनाले प्रेम अन्धो हुन्छ भन्ने हरफलाई सत्य सावित गरेको छ ।
विवाहका लागि केटा पक्ष र केटी पक्ष दुवै राजीखुशी थिए तर अचम्मत तब भयो जब दुलाहाका बुबा र दुलहीकी आमा बेपत्ता भए । विवाहको एक हप्ता अगाडिनै दुलाहाका बुबाले सम्धीनी भगाएपछि उनीहरुको बिहे स्थगित भएको छ । बेहुलाका ४८ वर्षीय बुबा व्यापारी हुन् भने बेहुलीकी ४६ वर्षीया आमा राजनीतिक पार्टीकी कार्यकर्ता हुन् ।
पुस २५ गते भागेका उनीहरुले बाल्यकालदेखिनै छिमेकीको रुपमा एक अर्कालाई चिनेका थिए । बुबा सुरतको कतरगाम क्षेत्रबाट हराए भने आमा गुजरातको नवसारीमा आफ्नै घरबाट हराइन् । दुवै जना बेपत्ता भएपति परिवारले प्रहरीसमक्ष उजुरी दिएको भारतीय सञ्चामाध्यमले जनाएको छ ।
घटना फैलिएपछि एक नातेदारले उनीहरुले बाल्यकालदखिनै एक अर्कालाई चिनेको कुरा बाहिर ल्याएका छन् । एउटै टोलमा बस्ने हुनाले उनीहरू सानैदेखि मायामा परेको समेत खुलेको छ ।विवाहपछि पनि सम्बन्ध रहेकाले उनीहरू भागेको हुनसक्ने साथीहरूले बताएका खबर आजको समाचार पत्रले उल्लेख गरेको छ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।
प्रतिकृया दिनुहोस्