घरबेटी मलकाण्डमा मुछिएपछि किन लिए प्रचण्डले यस्ताे निर्णय

 

काठमाडौं ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ घरमा सर्ने भएका छन् ।

उनले एक टिभीलाई दिएको अन्तर्वार्ताको क्रममा आफू घरको खोजीमा जुटेको र छिट्टै नयाँ घरमा सर्ने स्पष्ट पारेका हुन् ।

अहिलेका घरबेटीसँग आफ्नो नाम पटक पटक जोडेर विवादमा तान्ने काम गरिएको भन्दै उनले आफू घर सर्ने तयारीमा जुटेको बताएका हुन् ।

दाहाल हाल शारदाप्रसाद अधिकारीको घरमा भाडामा बस्छन् ।

अहिलेका घरबेटील कहाँ ठेक्का लिन्छन् ? के गर्छन् ? भन्ने कुरा आफूलाई केही पनि थाहा नहुने दाहालले स्पष्ट पारेका छन् ।

दाहाल खुमलटारमा बस्नुअघि लाजिम्पाटमा बस्दै आएका थिए । उक्त घरलाई लिएरपनि दाहाल विवादमा आएका थिए ।

लाजिम्पाटको घर अजेयराज सुमार्गीको आफन्तको घर थियो । दाहालको नाम सुमार्गीसँगपनि जोडिँदै आएको छ ।

प्रकाशित भएको : September 7th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु