सरकार काम नगरी डंका पिटेर बसेको छ: पूर्व गर्भनर क्षेत्री

 

काठमाडौं ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दीपेन्द्र बहादुर क्षेत्रीले यो सरकार काम भन्दा बढि गफ गरेर बसेकोले जनता थप प्रताडित हुनु परेको आरोप लगाए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम अर्थ सम्बादमा पत्रकार टीपी भुसालसंग कुरा गर्दै उनले सरकार वर्तमान संकट समाधान भन्दा पनि कामै नगरी डंका पिटेर बसेको बताए ।

उनले अहिले मान्छेलाई विकास निर्माण भन्दा पनि कसरी बाँच्ने भन्ने कुरा महत्वपूर्ण भएपनि सरकारले आम मान्छेका समस्यालाई नजर अन्जाद गरेरको र आम मानिसमा निरासा छाएको बताए ।

‘अर्थतन्त्रलाई सही छ भनेर आफुलाई काम लाग्ने र प्रचार गर्ने कुरा माइक फुकेर डंका पिटेको छ, प्रचार गरिएको छ । तर आफुलाई प्रतिकुलता हुने तथ्याङ्क लुकाएर बसेको छ । निर्यात बढेको छैन ।

उद्योगधन्दा बन्द छन् । मानिस कामको खोजिमा लर्को लागेर भारततर्फ पलायन भएका छन । तर सरकार राम्रा सुचकाङ्क लिएर प्रस्तुत भएको छ , क्षेत्रीले भने ।

सरकार आफै भ्रष्टाचारमा लिप्त भएको धेरै प्रमाण बाहिर आउँदा पनि कसैलाई कारबाही नहुनुले भ्रष्टाचार छैन र अन्त गर्छु भन्ने प्रधानमन्त्रीको आवश्वासन केवल फोस्रो आश्वासन बाहेक केही नभएको पूर्व गर्भनर क्षेत्रीले टिप्पणी गरे ।

निर्वतमान अर्थमन्त्री डा. युवराज खतिवडाले अरुलाई नराम्रो देखाउन र आफुले राम्रो गरेको छु भन्ने देखाउन गलत ढंगले स्वेतपत्र जारी गर्ने देखि गलत तथ्याङ्क पेश गरेको समेत उनले आरोप लगाए ।

उनले अर्थमन्त्रीबाट खतिवडा बाहिरिएपनि प्रधानमन्त्रीले फरिपनि मिलाएर डा खतिवडाबाटै काम लिने गरी तयारी भइरहेकोले आफुलाई तत्कालै अर्को व्यक्ति अर्थमन्त्रीमा आउनेमा विश्वास नलागेको बताए ।

आफ्नो परिवार कोरोनाबाट संक्रमित हँदा आफुले सहि ढंगले उपचार नपाएको गुनासो गर्दै उनले अस्पतालहरुको अवस्था बाहिर देखाए भन्दा भयाबह भएको र सर्वसाधारण मान्छे बाँच्न पनि मुस्किल रहेको पूर्व गर्भनर क्षेत्रीको भनाई छ ।-

प्रकाशित भएको : September 7th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु