आशिष सुवेदीको “प्रताडित” बजारमा (भिडियो सहित)

 

काठमाडौँ ।

लोकदोहोरीको बजारमा एकछत्र राज गरेका पर्बतका स्रष्टा कस्तुप पन्त यतिबेला आधुनिक गीत मार्फत् सांगीतिक बजारमा आएका छन् । आशिष सुवेदीको शब्दमा पन्तको संगीत रहेको आधुनिक गीति एल्बम प्रताडित यतिबेला बजारमा आएको छ। विशेष गरी लोक संगीतको क्षेत्रम दख्खल राख्ने पन्तका फूलको थुङ्गामा, धोका दिनेलाई के भनाैँ र खोई, तस्वीरै झलल, एकोहोरो हुँदै थिए म ।

भन्थ्यौ एक्लै रुनु पर्दैन, मायाले दुनिया जलाउने, धौलागिरीमा, गंगाजीको पानी, जोबन फिरिको, आसु झरिरहे, जवानीमा धक्का, चरी बस्यो नियाली गाजैमा जस्ता थुप्रै लोक दोहोरी गीत चर्चमा छन् । पछिल्लो समय आधुनिक संगीतमा पनि उत्तिकै सक्रिय रहेका पन्तकाे यो पहिलो आधुनिक कोसेली भने होइन ।

उनका बिर्सेको त छैन, झुटो रैछ, तिमी बस्ने मुटु, यो मनमा, यो धर्तीमा जस्ता अरु थुप्रै गीत पनि चर्चामै रहेका छन । स्रष्टा पन्तले प्रताडितलाई आफ्नै छोराको जन्मदिनको अवसर पारेर मंगलबार मात्रै सर्वाजनिक गरेका हुन । सुवेदीको शब्द, पन्तको संगीत र प्रमोद खेरलको आवाज रहेको यो संगीतिक कोसेलीलाई पन्तले आफ्नै म्युजिक कम्पनी सारथीबाट बजारमा ल्याएका छन् । भने कस्तुप पन्त युट्युब च्यानल फार्फत सार्वजनिक गरेका छन ।

हेर्नुहोस् भिडियो

प्रकाशित भएको : September 8th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु