केटि मेरो मिल्ने साथि

 

ओए त मलाई  माया  गर्छस  ?

उसले मेरो आखामा हेर्दै भनि

म टक्क  अडिए मेरो  अनुहार  रंगे हात समातिएको चोर जस्तै  भयो  , कसरि थाहा पाई ? कस्ले भन्यो ?

आफ्नै मन माथि  शंका लाग्यो ,म मा आएको  परिबर्तन देखेर उ  हास्न थाली आफैलाइ देखेर कता कता रिस पनि उठ्यो  म किन डराउदै छु मैले भन्न नसकेको  कुरा उस्ले भन्दै छ |

म के के सोच्न थाले ,

उसले मेरो आखा अगाडी दाहिने हात ल्याएर हल्लाउन थाली , म झसङ्ग भए ,

फेरी हास्दै भनि के भयो ?के सोचेको   मैले त मजाक पो गरेको त

मजाक रे ??

तलाई पागल

म झन् आतिए  मैले अघि सोचेका सपनाको भ्रुण हत्या भयो , भन्न मन थियो  तैले मजाक गरे पनि  मैले  गरेको छैन ,साच्चै म तलाई  माया गर्छु  तर सकिन भन्न |

***********

बाबाको जागिर काठमाण्डौ मा सरुवा भएपछी हामि सबै यतै आयौ हाम्रो पढाई पनि यतै सुरु भयो , नया ठाउँ नया  परिवेश ,मेरा कोहि साथि थिएनन बहिनि सानै थिइ  |

नया  स्कुल जान थालेको केहि दिन भएको थियो एकदिन बिहान खान खाएर स्कुल जादै थिए प्राय हिनेर नै जान्थे , किनकि  धेरै  टाढा थिएन ,म आफ्नै सुरमा हिनेको थिए  |

मेरो पछि पछि कोहि आइरहे जस्तो लाग्यो ,पछाडी फर्केर हेर्न मन  थियो तर सकिन , मेरो पाहिला अझ छिटो चल्न  थाले ,मेरो पाहिला भन्दा उसका पाहिला धेरै अघि बढे ,  म रोकिए  कता कता देखे जस्तो लाग्यो एकैछिनमा याद आयो उसलाई मैले मेरै क्लास मा देखेको हु  तर नाम भने थाहा थिएन |

उसले प्रस्न गरि किन एक्लै हिनेको ?

सानो आवाजमा भने को छ र अरु

म छैन त ?उसले हास्दै भनि ,

सन्चै छौ ?

अ सन्चै छु अनि तिमि नि ?

म नि ठिकै छु , साच्चै मैले त नाम नै सोध्न नै बिर्सेको

मेरो नाम निकेश  , अनि  तिम्रो नि ?

मेरो नाम निशा  ,कस्तो मिलेको नाम निकेश ,निशा

हाम्रा पाहिलाहरु  पनि बिस्तारै स्कुल तिर  बढिरहेका थिए |

थोरै भएपनि एकअर्काको बारेमा थाहा पायौ ,

सबै भन्दा ठुलो कुरा उ मेरो छिमेकी रैछ केटि भएर पनि केटि जस्तो थिइन उ   दिल खोलेर कुरा गर्थी मलाइ धेरै सहज भएको थियो |

बिस्तारै हामि स्कुल संगै जानी आउनी गर्न थाल्यौ  , एकअर्काको मिल्ने साथि भयौ |

साच्चै हेर्दा पनि राम्री थिइ उसको लामो कपाल , नसालु आखा , हल्का  चुच्चो परेको नाक अनि गुलाबी ओठ |

हामि एकअर्कालाई  त भनेर बोलाउन थाल्यौ किनकि  जति आत्मिएता  त मा हुन्छ  सायद त्यो आत्मिएता  अरुमा हुदैन   यहि भनेकी थिइ  ,त्यहा बाट  कहिल्यै  तिमि भनेनौ ,

दिनहरु  बित्दै गए बिस्तारै एस एल सी पनि आउदै थियो उ पढ्नका लागि भनेर हाम्रो घर  आउथि  बाबा  मामु लाइ राम्रो संग थाहा थियो  उ मेरो एकमात्र मिल्ल्ने साथि हो भनेर ,

कहिले काही पड्दा  पड्दै  एकअर्कालाई जिस्काएर बस्थ्यौ  एकदिन मैले धेरै नै जिस्काएछु उ रुन थाली किचनमा ममी खाना पकाउदै  हुनुहुन्थ्यो त्यहि गएर  कुरा लगाई ममीले मलाइ नराम्रो संग थर्काउनु भयो | उसलाई देखेर रिस उठ्यो फेरी जिस्काउन थाले   यसपटक उ हासी

तर  मलाइ हासो लागेन , उसलाई घुर्की लगाए  म तलाई सिकाउदिन अब हेरम्ला कसले सिकाउदो  रहेछ |

फेरी उसले ममीलाई बोलाइ ममी हेर्नु न निकेशले सिकाउनै मान्दैन  उसले पनि ममी नै भनेर बोलाउथी

जे जे आउछ सबै सिका है , ममी किचन बाट नै  कराउनु भयो |

म चुपचाप  पडाउन सुरु गरे  उसको शिर ठाडो भएको थियो युद्ध जितेको सिपाई जस्तो

एस एल सी राम्रै भयो दुवै जना बिशिस्ट श्रेणीमा पास भयौ  हामि खुसि थियौ संगै हाम्रो परिवार पनि खुसि  भयो हामि  केटा केटि हौ र पनि हामी बीच कुनै  संकोच  थिएन केटा केटि साथि हुन सक्दैनन भन्ने लाइ  गतिलो झापड हानेका थियौ भन्न त धेरै ले भने जोडी राम्रो छ , एकअर्कालाई खुब माया गर्छन साच्चै  साथित्व  राम्रो थियो अनि माया त खुब गर्थ्यौ एकअर्कालाई यसैगरि अगाडी बढिरह्यो  हाम्रो साथ् |

एघारमा भर्ना  भयौ  नया कलेज

संगै पढेका केहि साथीहरु पनि हामि  पढेकै कलेजमा  आएका थिए , देख भेट  हुदा हासिन्थ्यो

बोलाउदा बोलिन्थ्यो , प्रोग्रामहरुमा सरिक भैईन्थ्यो  तर निशा जस्तो  खुलेर अरु  कसैसंग पनि बोल्न मन लाग्दैनथ्यो किनकि उ  मिल्ने साथि थिइ |

समय संगै धेरै कुरा परिबर्तन   हुदै थियो केहि केटाहरुले निशालाई अर्कै नजरले हेर्थे त्यो देखेर मनमा जलन हुन्थ्यो यस्तो लाग्थ्यो कि उनीहरुका आखानै  झिकिदिउ | तर निशा भने यो कुरालाई सामान्य लिन्थी यो उनीहरुको होइन उमेर को दोष हो  भन्दै उल्टै मलाइनै  सम्झाउथी ,

फेरी उ  हास्दै भन्थि  त अरु केटि हरुलाइ हेर्दैनस ?

म हासेर जवाफ दिन्थे , तलाई झेल्दैमा ठिक्क  छु अरुलाई हेर्ने मौका नै पाको छैन |

त्यसो भए मलाइ छोड्दे न  त  उ मुख बंग्याउदै भन्थि |

भो तलाई बाहेक  अरुलाई झेल्न नपरोस्

म उसलाई हेर्दै भन्थे ,

उ मुसुक्क हास्थी ,

ओए भोलि मेरो बिहे  पछि पनि यस्तै हुन्छस्  त ?

त पो परिबर्तन हुन्छेस  म कहाँ हुन्छु र |

धत् म त हुदिन यार , कस्तो होला है बिहे गर्नु पर्ने  अर्काको घर जानु पर्ने को हो को संग जिन्दगी  बिताउनु पर्ने

नो यार म त बिहे गर्दिन |

अनि कुमरि नै  बस्छेस त बिहे गर्ने छोरा छोरी खेलाउदै बस्ने त हो नि ,

म त बिहे नै गर्दिन , गरे भने  पनि  छोराछोरी  पाउदिन यार  , कति गाह्रो हुन्छ रे

फेरी यो सब तलाई कसले भन्यो ?

दिदीले भन्नु भाको

ह्य छोड के यस्ता पाते  कुरा गरिराको , हिड घर जाम

कलेज बाट फर्किदा सधै हाम्रो घरमा पस्थी अनि खाना खाने बेलामा चिया पिएर जान्थी चियाको लभर नै थिइ , त्यो बानि मैले नै पारेको थिए  उसलाई

कहिले काही हामी घुम्न  जान्थेम  कसैले केहि  भन्दैनथे

कहाँ गयौ ?किन गयौ ?

किनकि हाम्रो बारेमा प्राय सबैलाइ थाहा थियो हामि हाम्रो ठाउमा ठिक थियौ | दिनहरु बित्दै गए दिन हप्ता महिना गर्दै बर्ष बितेको पत्तै पाएनौ तर कहिले बाट उसलाई मिल्ने साथि भन्दा पनि माथि राखेछु थाहा नै भएन

म आफुमा उसलाई देख्न थालेछु  ,म उसलाई माया होइन प्रेम गर्न थालेछु ,साच्चै उ प्रेम गर्न लाएक कि थिइ

आजसम्म उसमा  कुनै खोट भेटाउन सकिन कुनै कुरामा चित्त दुखेन , तर पनि उसलाई भन्न सकेको थिइन् सायद सक्दिन पनि होला |

म हाम्रो यति बलियो मित्रता टुटाउने खेलमा थिइन् , उसले के सोच्छे  होला बस येही सोचेर पनि भन्न सकिन

भो बरु उ आफै आएर  भनोस  न भन्ने  चाहन्थे |

उसले भन्न त भनि पनि तर मजाक गरेको भन्दै  थाहा थिएन मेरो मन बुज्दै थिइ  या  साच्चै मजाक नै गर्दै थिइ

बाह्र को परिक्षा सकियो संगै बुवाको पनि सरुवा भयो हामी अब पोखरा जाने भयौ

अगिल्लो रात उ हाम्रो घरमा नै बसी खुब रोएकी थिइ , अब उ एक्लै हुने वाला थिइ “

म भन्दा पहिलेका साथीहरु सबै टाढा भैसकेका थिए |

हुन त मेरा साथि हरु पनि कहाँ  थिए र

हामि  सुन्दर नगरी पोखरा लाग्यौ    साच्चै रमाइलो थियो अरुले भने जस्तै

ब्याचलर पोखरा मै सुरु गरे दिन बिताउन  कठिन  भाको थियो पल पल निशाको यादले सताउथ्यो  फोनमा घन्टौ कुरा त हुन्थ्यो तर अत्यास भने मेटिने थिएन

एकदिन खाना खाएर पल्टिएको थिए   निशाले फोन गरि उसको आवाज फरक  फरक थियो सुरु मै सोधे के भयो ?

के भएन बन न बरु  अलि रिसाउदै भनि

के भयो त भन मैले  पनि अलि चर्को स्वरमा भने

अब म यो भन्दा धेरै सहन सक्दिन यार त बिना एक्लो भएको छु , त संग टाढा भएर बस्न नसक्ने भएछु , निकेश म    तलाई प्रेम गर्छु मैले त्यो दिन तैले के भन्छस भनेर विचार गरेको थिए तर त चुप बसिस केहि बोल्न सकेनस

तर म चुप बस्न सकिन यार आफैलाई खुब  गालि गरे ,

थाहा छ तैले पनि माया  गर्छस ,फेरी किन यसरि बस्न सकेको  छस   ह “

मैले पनि त तलाई प्रेम गर्छु तर भन्न मात्र सकेको थिएन  मेरो मुख बाट आवाज निस्कियो

दुवै जना चुप   भयौ

फेरी अर्को सम्बन्ध सुरु भयो हाम्रो  साच्चै दुवै जना  खुब खुसि भयौ .

✍️सुमनराज पौडेल

प्रकाशित भएको : September 9th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु