प्रहरी कार्यालयको मुल गेट अगाडि नै प्रहरी हवल्दारमाथि छु’रा प्र’हार

 

घोराही ।

जिल्ला प्रहरी कार्यालय दाङको मुल गेट अगाडि प्रहरी हवल्दार खडक खत्रिलाई छु’रा प्र’हार भएको छ । गएराति जिप्रकाकै अगाडिकै होटलमा प्रहरी हवल्दार ४० वर्षिय खत्रि र होटल साहुनिविच विवाद भएपछि होटल साहुनिले हवल्दारलाई च’क्कु प्र’हा’र गरेर ग’म्भिर घाइते बनाएको प्रहरी स्रोतले जनाएको छ ।

दुवै पक्षविच भनाभन भई विवाद हुदा सो घटना भएको बुझीएको छ । यद्यपि, दाङ प्रहरीले यो वारेमा आधिकारीकरुपमा जानकारी दिन मानेको छैन् । यो वारेमा बुझ्न दाङका प्रहरी प्रमुख एसपि गणेश चन्दलाई पटक-पटक फोन गर्दा पनि उनले फोन उठाएनन् ।

प्रहरीले छु”रा प्र”हार गर्ने होटल साहुनि र प्रहरी हवल्दारको नाम सार्वजनिक गरेको छैन् । जिप्रका अगाडि नै यस्तो घटना हुदा सिंगो जिल्लाको शान्ति सुरक्षामा प्रहरी कमजोर रहेको शन्देश जाने भएकाले प्रहरीले यो घटनाको वारेमा जानकारी दिन मानेको छैन् । उता, जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपि सुमित खड्काले आफु जिल्ला वाहीर रहेकाले यो घटनाको विस्तृत कुरा थाहा नभएको बताए।

उनले प्रहरी हवल्दारमाथि च”क्कु प्र”हार भएको घटना सुनेको, तर आधिकारीकरुपमा सबै विस्तृत कुरा थाहा नभएको बताए । डिएसपि खड्काले भने, यो घटनाको वारेमा सबै कुरा मलाई पनि थाहा छैन, म जिल्ला वाहीर भएकाले यो वारेमा आज दाङ आएपछि मात्रै थाहा हुन्छ, घटना भएको भनेर सुनेको र यो वारेमा बुझेपछि सबै कुरा भनौला ।

अपांग समेत रहेका हवल्दार होटलमा गएर वेला वेला खाना खाने गरेको र कहीलेकाही मापसे गर्ने गरेको बुझीएको छ । टाउकोमा गम्भिर चोट लागेका प्रहरी हवल्दारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको थियो । होटल साहुीसहीत ३ जना प्रहरी नियत्तणमा रहेका छन् । निर्माण ब्यवसायिका जेसिजि, स्काभेटर जलाउनेदेखी, वडा अध्यक्षमाथि सांघातिक आक्रमणसमेतका थुप्रै घटनाहरु यस विचमा भएका छन् ।

प्रकाशित भएको : September 13th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु