आफ्नै बसभित्र वि’ष सेवन गरी गाडी धनीले गरे आ’त्म’ह’त्या

 

तुलसीपुर

तुलसीपुर बसपार्कमा एकजना गाडी धनीले बस भित्रै वि’ष सेवन गरी आ’त्म’ह’त्या गरेका छन्।

सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. १३ निवासी ३४ वर्षीय भरत बस्नेतले दाङको तुलसीपुरमा पार्किङ गरेर राखेको आफ्नो बस भित्रै शुक्रबार वि’ष सेवन गरि आ’त्म’ह’त्या गरेका छन्।

इलाका प्र’ह’री कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार बस्नेतले आफ्नो पार्किङ गरेर राखेको रा १ ख २१२२ नम्वरको बस भित्र शुक्रवार मध्यान्ह १२ बजेतिर वि’ष सेवन गरि आ’त्म’ह’त्या गरेको जानकारी दिए।

बस्नेतलाई राप्ती प्रादेशिक अस्पताल पुर्‍याए लगतै चिकित्सकले मृ’त घोषणा गरेको डिएसपी सिंहले बताए। बस्नेत आफै साहु र चालक हुन्।

डिएसपी सिंहले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

प्रकाशित भएको : September 13th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु