रमाइलोका लागि अ’प’ह’र’ण’को नाटक गर्ने महिला प’क्रा’उ

 

काठमाडौं ।

अ’प’ह’र’ण’को नाटक गर्ने एकजना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प’क्रा’उ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका-४ मैनवा घर भई नेपालगञ्ज उपमहानगरपालिका-६ फूलटेक्रा बस्ने ३३ वर्षीय आशिककुमारी चौधरी रहेकी छन् ।

काल्पनिक घटना बनाएर आफू अ’प’ह’र’ण’मा परेको नाटक गरेकी चौधरीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले शनिबार उनैकै डेराबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार उनले सानु दहितको नामबाट सुन्दर केटीको फोटो राखेर फेसबुक आईडी बनाई नवलपरासीका एकजना केटालाई साथी बनाएकी थिइन् । तर आफूले झुटो कुरा गरेको कारण केटालाई भेट्नु पर्ने बाध्यताले आफूले अ’प’हर’ण’को नाटक गरेको उनले बताएकी छन् ।

उनले ती युवकसँग आफू २२ वर्षीया युवती भएको, आफ्नै व्यापार भएको, नेपालगञ्ज र पोखरामा घर भएको भनी ढाटेर कुरा गरेकी थिइन् ।

गत २६ गते आफ्नै गाडीमा नेपालगञ्जबाट पोखरा जान लागेको र बाटोमा भेटेर सँगै पोखरा जाने बताएकी उनले चन्द्रौटामा आफू गाडीसहित अ’प’ह’र’ण’मा परेको खबर गरेकी थिइन् ।

अनुसन्धानका क्रममा सबै झुटो भएको खुलेपछि प्रहरीले उनलाई नियन्त्रणलाई लिएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा ती महिलाले फेसबुकमा साथी बनाई रोमान्स गर्नका लागि नाटक गरेको बताएको प्रहरीको भनाइ छ ।

प्रकाशित भएको : September 13th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु