महिलाले भित्री बस्त्र खरिद गर्दा यी कुरामा ध्यान दिनैपर्छ, महिला मित्रहरुले अवश्य पढ्नुहोला!

 

एजेन्सी ।

महिलाहरुले पेन्टी धुने बेला यसलाई राम्रोसँग नियाल्नुपर्छ । यसमा सेतो टाटो देखियो भने चिन्ताको विषय हुन्दैन तर रातो टाटो देखियो भने स्त्री’रोग विशेषज्ञको परामर्श लिनु उचित हुन्छ ।

साथै पेन्टी धुने डिचर्जेन्ट कुनै रंग वा वास्नारहित हुनुपर्ने डाक्टरहरु बताउँछन् ।

राति सुत्दा पेन्टी नलगाउनुस

जो महिलाहरुले सारा दिन बाँधिएको कपडामा बिताउनुपर्छ, उनीहरुले रातमा पेन्टी नलगाउनु उचित हुन्छ । पेन्टी नलगाइ सुन्दा महिलाहरुले छुट्टै आनन्द पाउँछन् र शरीरको त्यो भागलाई पनि राहत मिल्छ ।

पेन्टी नलगाउँदा के हुन्छ ?

आजकाल केही महिलाहरु पेन्टी नै नलगाई पनि हिँड्छन् । यसो गर्नु पनि उचित होइन । पेन्टी नलगाउँदा तपाईंको नितम्बको मासु झोल्लिएर शरीरको सेप बिगि्रन सक्छ । साथै पेन्टी लगाउँदा तपाईंको गोप्य अंगको पनि सुरक्षा हुन्छ ।

पेन्टी कहिले बदल्ने ?

महिलाहरु बदलिदो फेसनअनुसार आफ्नो कपडा-जुत्ता आदि बदलिरहन्छन् । तर पेन्टीमा खासै ध्यान दिँदैनन् । पुरानो पेन्टीले नै काम चलाउँछन् । तर धेरै पुरानो पेन्टी लगाउँदा अनेक समस्याहरु आउन सक्छन् । त्यसैले इलास्टिक लुज हुनुभन्दा अगाडि नै पेन्टी बदल्नु राम्रो हुन्छ ।

प्रकाशित भएको : September 13th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु