धन्यवाद प्रधानमंत्री ज्यु !!, प्रधानमन्त्रीले गरे युएईका युवराजसंग फोन कल

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ युएईका युवराज शेख महोम्मद विन जायद अल नह्यानसँग टेलिफोन संवाद गरेका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमण फैलिरहेका बेला त्यहाँ रहेका नेपालीहरुको सुरक्षाको सन्दर्भमा युवराजसँग जिज्ञासा राखेको जानकारी आफ्नो टि्वटर ह्यान्डलबाट दिएका छन् ।

प्रधानमन्त्रीसँग कुराकानीमा त्यहाँका युवराजले नेपालीहरु इमान्दार र परिश्रमी रहेको बताएका थिए ।

‘उनीहरुले युएईको आर्थिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्दछु, ढुक्क रहनुहोस् नेपालीलाई युएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्छाैं,’ युवराजको भनाइ उदृत गर्दै प्रधानमन्त्रीले लेखेका छन् ।

यूएइमा अहिलेसम्म ११ जना नेपाली कोरोना संक्रमित भएका छन् । त्यसमध्ये दुई जना निको भएर डिस्चार्ज भइसकेका छन् ।

Photo From : www.khaleejtimes.com
प्रकाशित भएको : April 7th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु