आन्तरिक उडान र लामो दूरीका यातायात असोज ५ गतेबाट सञ्चालन गर्ने निर्णय

 

काठमाडौं

सरकारले आन्तरिक उडान र लामो दूरीका यातायात आगामी असोज ५ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै, आजको बैठकले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतमलाई राष्ट्रिय सभामा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेको एक मन्त्रीले जानकारी दिए ।

तत्कालीन अर्थमन्त्री समेत रहेका डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने एक सिट खाली छ । अब राष्ट्रपति विद्यादेवी भण्डारीले रित्त रहेको राष्ट्रियसभा सदस्य पदमा गौतमलाई नियुक्त गर्नेछिन् ।

नेकपा सचिवालयको पछिल्लो बैठकमा नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने निष्कर्ष सुनाएका थिए । तर त्यसपछि बसेको मन्त्रिपरिषद् बैठकले निर्णय नगरेपछि शीर्ष नेताहरुले चासो देखाएका थिए ।

प्रकाशित भएको : September 14th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु