अव लक्षण नभएका स्वास्थ्यकर्मीको पनि कोरोना परीक्षण नगर्ने

 

काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस रोगको परीक्षणका सम्वन्धमा नयाँ मापदण्ड लागू गर्ने भएको छ । मन्त्रालय मातहत रहेको इन्सिडेन्ट कमाण्ड सिस्टमको भदौ २८ गते बसेको बैठकले लक्षण देखिएका व्यक्तिहरुको मात्रै कोरोना परीक्षण गर्ने निर्णय गरेको छ ।

निर्णयअनुसार लक्षण नदेखिएमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीको समेत कोरोना परीक्षण नगरिने भएको छ । कमाण्ड सिस्टमको निर्णयको बुँदा नम्वर ५मा उपचारमा खटिने चिकित्सक, नर्स, प्रयोगशाला तथा सरसरफाई कर्मचारीहरुमा कुनै लक्षण देखिए वा व्यक्तिगत सुरक्षा सामग्री उपयुक्त ढंगले नलगाएको शंका लागेमा मात्रै पीसीआर परीक्षण गर्ने उल्लेख गरिएको छ ।

साथै रोग प्रतिरोधी क्षमता सम्बन्धि समस्या भएका व्यक्तिलाई मात्रै पीसीआर परीक्षण गर्ने निर्णय कमाण्ड सिस्टमले गरेको छ ।निर्णय कार्यान्वयनका लागि कमाण्ड सिस्टमले मातहत निकायलाई पत्र पठाइसकेको छ ।

प्रकाशित भएको : September 15th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु