4 months ago

काठमाडौं ।
बार्सिलोनाका फरवार्ड लिओनल मेसी विश्वकै सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको २०२० को सर्वाधिक कमाइ गर्ने खेलाडीहरुको सूचीमा मेसी शीर्ष स्थानमा रहेका हुन् ।
फोर्ब्सका अनुसार मेसीको वार्षिक कमाइ १२६ मिलियन अमेरिकी डलर रहेको छ । मेसीले युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोभन्दा ९ मिलियन बढी कमाउछन् ।
मेसीले पारिश्रमिकबाट ९२ मिलियन डलर र एन्डोरसमेन्टबाट ३४ मिलियन डलर कमाइ गरेका छन् ।
यस्तै रोनाल्डोले पारिश्रमिकबाट ७० मिलियन डलर र एनडोरसमेन्टबाट ४७ मिलियनसहित कूल ११७ मिलयन डलर कमाइ गरेका छन् ।
यस्तै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट खेल्ने फरवार्डद्वय नेमार र किलिएन एमबाप्पे क्रमश: तेस्रो र चौथो स्थानमा छन् । नेमारको वार्षिक कमाइ ९६ मिलयन डलर र एमबाप्पेको ४२ मिलयन डलर रहेको छ ।
प्रकाशित भएको : September 15th, 2020
प्रतिकृया दिनुहोस्