गाडीले हानेर भाँचियो बिजुलीको पोल

 

काठमाडौं

काठमाडौंको मण्डिखाटारमा बुधबार राति सवा ११ बजे कार दुर्घटनामा परेको छ । एउटा रातो रङ कार गुड्दै बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

कारको गति यति तीव्र थियो कि सिमेन्टको बिजुलीको पोल नै भाँचियो। संयोगले कार चालकलाई भने ठूलो चोट लागेन।

रातिको समय भएकाले स्थानीयको आउजाउ थिएन।

केहीबेरमा आइपुगेको प्रहरीले प्रदेश नम्बर ३(०१(०२२ च ६७५३ नम्बरका कार चालक ४२ वर्षीय नवीन पोखरेललाई घटनास्थलबाट उद्धार गर्‍यो।

उनलाई ठूलो चोट नलागे पनि मेडिकल परीक्षण गर्‍यो। परीक्षण गर्दा थाहा भयो पोखरेलले रक्सी खाएर कार चलाएका रहेछन्।

प्रकाशित भएको : September 17th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु