दाँतलाई चमक्क चम्काउँने यी सरल घरेलु तरिका

 

एजेन्सी ।

आहा कति राम्रा दाँत भन्ने शब्दको तारिफ सुन्न मन छ ? पहेलो दाँत हुनु हिजो आज धेरै को समस्या भएको छ । सहि तरिकाले दाँत को हेरचाह नगर्नु, पराग, सुर्ती दात पहेलो हुँदा आफ्नो अनुहारको सुन्दरतामा दाग आउने मात्र होइन, धेरैको आत्मा बिश्वास पनि घटेको देखिएको छ । आज हामी तपाइलाई दातको पहेलोपन हटाउने सजिलो तरिका हरु बताउने छौ ।

१. तुलसीमा दांतको पहेलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ । यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ । तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्ट संग मिलाएर ब्रस गर्ने गर्दा दांत को पहेलोपना हटेर चमक आउन थाल्छ ।

२, हाम्रो गाउघर तिर नुन र तेल ले दांत सफा गर्ने चलन अझै पनि छ, नुन मा २र४ थोपा शुद्ध तोरीको तेल मिलाएर दांत सफा गर्ने गर्नाले केही दिनमै दाँतको पहेलोपना हटेर जान्छ ।

३, सुन्तलाको बोक्रा र तुलसीको पात लाइ घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् । दांत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस्र सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन्छ ।

४, खाना खाइ सकेपछि दिनहु गाजर खाने गर्नाले पनि दाँतको पहोलो पन हट्छ – गाजरमा रहेको रेसाहरुले दांतलाइ राम्रो संग सफा गर्न मद्त गर्दछ ।

५, नीमको उपयोग धेरै पहिले देखी नै दांतको सफाई गर्न गरिदै आएको छ । यसमा दांत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने सक्ति रहेको छ । यो प्राकृतिक एंटी९बयाक्टीरियल और एंटी०सेप्टिक हो। दिनहु निम र नीमकोनो काठ, निमको हाँगाले दात सफा गर्ने गर्नाले दांतमा कुनै किसिमको रोग लाग्दैन र पहेलो भएको भए पनि हट्छ।

६, एक कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेपछि यहि कागती पानीले दिनहु कुल्ला गर्ने गर्नुहोस । यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि यो रामबाण सिद्ध छ।

७, स्ट्रबेरी दांत चम्किलो बनाउने सबै भन्दा मिठो र सजिलो उपाए हो्र यसमा पाइने मालिक एसिडले दांत लाइ सेतो र चम्किलो बनाउछ।

८, केरालाइ पिसेर यसको पेष्ट बनाउनु होस्।यसको पेष्टले दांतलाइ दिनहु एक मिनेट मसाज गर्नुहोस, मसाज पछि दांत ब्रश गर्नुहोस।यो उपाए दिनहु गर्नाले दाँतको पहेलोपन हटेर जान्छ । चुरोटको सेबन गर्ने गर्नाले पनि दांत पहेलो हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औषधिको सेवन गर्नेहरुको पनि दात पहेलो हुन्छ ।

प्रकाशित भएको : September 17th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु