नेपालमा बस्ने कोरोना संक्रमित मजिर भारतको “आईसोलेशन” बाट भागे , नेपाल आएको आशंका

 

नेपालले भारतीय सीमामा केही नेपालीहरुलाई थुने समान क्वारेन्टाईनमा राखेको छ ।

यो बीचमा नेपालमा बस्ने एकजना कोरोना संक्रमित भारतबाट भागेका छन् । भारतमा कोरोना बिरामीको संख्या दिन प्रतिदिन बढ्दै छ ।

यसको बाबजुद पनि यसको लापरवाही झनै उच्च भएको छ । पछिल्लो घटना उत्तर प्रदेशको बागपतको हो । एक कोरोना संक्रमित बिरामी यहाँबाट भागेको छन् ।

नेपालका यस व्यक्तिलाई तीन दिन अघि कोरोना पोजिटिभ पाइएको थियो । उनी सोमबार राति भागेको भन्दै भारतको चर्चित सञ्चारमाध्यम आजतकले जानकारी दिएको छ ।

अधिकारीका अनुसार तब्लीगी जमातका यी व्यक्तिको खेक्रा पीएचसीमा उपचार भइरहेको थियो । ति व्यक्ति मध्ये रात डाक्टर र कर्मचारीलाई छक्काएर भागेको बताइएको छ ।

यस व्यक्तिको परीक्षण रिपोर्ट तीन दिन अघि आएको थियो । जसमा उनलाई कोरोना पुष्टि भयो । यस पछि उनलाई आइसोलेशन वार्डमा राखिएको थियो । अहिले ति व्यक्तिको खोजी भइरहेको छ ।

तपाईंलाई जानकारी गराउँ कि तब्लीगी जमातको कोरोना सम्बन्ध पछि, सम्पूर्ण जिल्लामा उनको खोजी अभियान सञ्चालन गरियो ।

यस पछि, मार्काजबाट फर्केका २६ जमातीहरुको पहिचान गरियो । यसमा नेपालका १७ जना नागरिक थिए ।

जानकारी अनुसार २५० भन्दा बढी व्यक्तिहरू जो उनीहरूसँग सम्पर्कमा आएका थिए तिनीहरूलाई पनि अलग गरिएको थियो ।

यसमध्ये १०० व्यक्ति खोकी र ज्वरोको लक्षणपछि क्वारेन्टाइनमा बसेका हुन् ।

उक्त प्रदेश सरकारले ५ व्यक्तिको कोरोना परीक्षणका लागि नमुना पठाएको थियो, जसमा नेपालमा बस्ने यी व्यक्तिको कोरोना पुष्टि भयो ।

यस पछि, उनलाई कोरोनाको लागि स्तर–१ अस्पताल खेक्रा पीएचसीमा सारियो । उनको यहाँ उपचार भइरहेको थियो, तर सोमबार राति उनी सबैलाई झुक्काएर भागेका छन् ।

उत्तर प्रदेशमा हालसम्म ३०५ वटा कोरोनाका संक्रमितहरु रिपोर्ट गरिएको छ । अहिलेसम्म राज्यमा तीन व्यक्तिको मृत्यु भएको छ ।

जानकारी अनुसार २१ व्यक्तिको उपचारपछि निको भएका छन् । देश भर बिरामीहरूको संख्या बढेर ४ हजार ८४६ पुगेको छ, जसमा अहिलेसम्म १३३ जनाको मृत्यु भएको छ

News Source : Aaj Tak

प्रकाशित भएको : April 7th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु