तिमीले आफूलाई मन पराउँछौ भने तिमी कहिल्यै एक्लो हुँदैनौ

 

एजेन्सी ।

वेन डायरलाई एक प्रसिद्ध लेखक तथा प्रेरक वक्ताका रुपमा चिनिन्छ । उनका पुस्तक विश्वमै धेरै बिक्री हुने पुस्तकहरु मध्येमा पर्छन् । वेन डायरको जन्म १० मे सन् १९४० मा भएको थियो । विश्वप्रख्यात लेखकको छवि बनाएका उनको मृत्यु २९ अगस्ट सन् २०१५ मा भएको थियो ।

वेन डायरका यी २० प्रेरक भनाईहरु

तिमीले चाहेको कुरा तिम्रै अगाडि छ, मात्र आफ्नो दृष्टिकोण परिवर्तन गर ।

आफूलाई आत्मा सहितको शरीर होइन, शरीर सहितको आत्मा सम्झ ।

तिम्रो जीवनको कुनै पनि पलमा जादु हुन सक्छ त्यसैले आफूलाई सधैँ तयार राख ।

यो गोलो संसारमा तिमी माथि मात्र चढिरहन सक्दैनौ ।

तिमीलाई लाग्ला, मलाई अन्य मानिसले दुःखी बनाइराखेका छन् तर वास्तवमा तिमीले नै आफूलाई दुःखी बनाइरहेका हुन्छौ ।

तिमीले आफूलाई मन पराउँछौ भने तिमी कहिल्यै एक्लो हुँदैनौ ।

स्वर्ग तिम्रो दिमाग र सोचमा मात्र हुन्छ अरु ठाउँमा तिमीले स्वर्ग भेट्टाउँदैनौ ।

जब तिमी निर्णय लिनबाट पछाडि हट्छौ,तब तिमी बहानाहरुको संसारमा पुग्छौ र त्यहिँ हराउँछौ ।

रिसाउनु नराम्रो कुरा होइन, फरक यत्ति हो कि, तिमीले त्यो रिसलाई कसरी प्रयोग गर्छौ ।

तिमीले आफूलाई कन्ट्रोल गर्न सक्छौ तर परिस्थितिलाई सक्दैनौ ।

आफ्नो जीवनको निर्माता, निर्देशक र कलाकार सबै तिमी नै बन ।

यदि तिमीले कसैको मूल्यांकन गरिरहेका छौ भने सम्झ तिमीले आफ्नो बारेमा बताइरहेका छौ ।

आफ्नो महत्व बुझेपछि मात्र तिमीले आत्मसम्मान हासिल गर्छाै ।

नाच्दा स्टेज ओगट्नुलाई आफ्नो लक्ष्य नबनाउ,हरेक तालमा रमाउनुलाई आफ्नो लक्ष्य बनाउ ।

हरेक कुरा पर्फेक्ट खोज्नु भनेको आफूलाई निराशामा धकेल्नु हो ।

हाम्रो दिमाग यो गर्नुहुन्न र यी कुरा असम्भव छ भन्ने मनशायबाट ग्रसित छ ।

हाम्रो व्यवहारले नै हाम्रो वास्तविकता बताउँछ ।

म यथार्थवादी बनौँ र चमत्कारी बनौँ भन्ने इच्छा राख्छु ।

तपाईसँग अहिले पूर्ण शान्ती र आनन्दका लागि आवस्यक सबै कुरा छ ।

समृद्धिका लागि कुनै बाटो छैन, किनभने स्वयं समृद्धि नै बाटो हो ।

प्रकाशित भएको : September 17th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु