बाबुरामको टिप्पणी : बयलगाडेहरूको हातमा गणतन्त्र सुरक्षित छैन

 

काठमाडौं

जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह भएको स्पष्ट पारेका छन् ।

उनले अरु धाई, सुसारे, पण्डा, नर्तकी, तमासे भएको पनि टिप्पणी गरेका छन् ।

उनले संविधान र गणतन्त्र गर्भमै यातना दिएर शिशुलाई अपांग बनाउने बयलगाडेहरुको हातमा सुरक्षित नभएको पनि दाबी गरेका छन् । उनले भनेका छन्,‘अपांग शिशुको उपचार र रक्षा गरौं ।’

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्,‘संविधान दिवसमा सबैले सम्झनुपर्ने कुरा:१.संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह हुन्;अरू धाइ,सुसारे,पण्डा,नर्तकी,तमासे हुन्;२.गर्भमै यातना दिएर शिशुलाई अपांग बनाउने बयलगाडेहरूको हातमा यो सुरक्षित छैन;३.अपांग शिशुको उपचार र रक्षागरौं!”

प्रकाशित भएको : September 18th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु