
कोरोना भाइरसका कारण अमेरिकामा ४ जना नेपालीहरुले ज्यान गुमाएका छन् । यो सँगै अमेरिकामा रहेको नेपाली दुतावास पनि एक्सनमा आएको छ ।
संक्रमित नेपालीहरुको संख्या अहिले एकिन भने भएको छैन । मृतकहरुको संख्या पनि बढ्न सक्ने अनुमान गरिएको छ ।
यो सँगै अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्कीले विभिन्न सुचना जारी गर्दै अमेरिकामा बस्ने नेपालीहरुलाई विशेष अपिल गर्नुभएको छ ।
कोरोना भाइरसका कारण अमेरिका निकै कमजोर भएको छ । अहिले भारत लगायत देशहरुसँग सहयोगको अपिल गर्दैछ ।
विश्वभर १३ लाख ४७ हजार ३४३ जना संक्रमित हुँदा अमेरिकामा मात्रै ३ लाख ६७ हजार ६२९ पुगेको छ ।
यस्तै विश्वभर ७४ हजार ७६९ जनाले ज्यान गुमाउँदा अमेरिकामा अहिलेसम्म १० हजार ९४१ जनाले ज्यान गुमाएका छन् ।
यो सँगै विश्वभर २ लाख ८४ हजार ८८२ जना निको पनि भएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको अवस्था बिग्रिएपछि उनलाई सघन कक्ष अर्थात आइसीयुमा लगियो ।
जोनसनलाई आइतवार राती अस्पतालमा भर्ना गरिएको थियो ।
इटाली र स्पेनपछि अमेरिकामा मर्नेको संख्या दश हजार नाघेको छ । इटलीमा १६ हजार ५२३ जनाले ज्यान गुमाउँदा स्पेनले १३ हजार ३४१ जनाले ज्यान गुमाएका छन् ।
संक्रमणको कुरा गर्दा स्पेनमा १ लाख ३६ हजार ६७५ पुग्दा इटलीमा १ लाख ३२ हजार ५४७ पुगेको छ ।
अमेरिकाको न्यु योर्क सबैभन्दा बढी प्रभावित भएको हुँदा बन्द अप्रिल २९ सम्म बढाइएको छ ।
चीनमा पनि पछिल्लो २४ घण्टामा कुनै पनि व्यक्तिको कोरोनाबाट मृत्यु भएको छैन ।
एएफपीका अनुसार जनवरी पछि यो पहिलो पटक हो, यहाँ कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन ।
इटाली र स्पेन पछि, अमेरिकामा धेरैको मृत्यु भएको छ तर संक्रमितहरुको संख्याका आधारमा अमेरिका अन्य देशहरु भन्दा धेरै माथि छ ।
सबैभन्दा प्रभावित न्यूयोर्क राज्यमा ४ हजार हजार ७५८ जनाको मृत्यु भएको छ ।
यो संख्या सिंगो अमेरिकाको झण्डै ५० प्रतिशत हो । राज्यमा एक लाख ३१ हजार ९१६ भन्दा बढी संक्रमित छन् ।
यहाँका अस्पतालहरु बिरामीले खचाखच भरिएका छन् । अहिलेसम्म मात्रै १६ हजार भन्दा बढी मानिसहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।
यसैगरी अमेरिकाले १३ वटा विशेष विमानको साथ एशियाई देशमा फसेका आफ्ना २९ हजार नागरिकलाई फिर्ता लिएको छ ।
यी नागरिकहरू दक्षिण, मध्य एशियाली देश भारत, पाकिस्तान, बंगलादेश, नेपाल, उज्बेकिस्तान र तुर्कमेनिस्तानमा फसेका थिए ।
यो जानकारी दक्षिण र मध्य एशियाई मामिलाका अमेरिकी वरिष्ठ कूटनीतिज्ञ एलिस वेल्सले प्रेस सम्मेलनमा दिएका हुन् ।
प्रतिकृया दिनुहोस्