६ महिनापछि फेवातालमा डुंगा सरर…

 

पोखरा

Gaurighat, Lakeside

छ महिनादेखि बन्द भएको फेवातालमा शुक्रबारबाट डुंगा सचलनमा आएको छ। कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपछि बन्द भएको डुंगा शुक्रबारदेखि सञ्चालनमा आएको हो।

स्वास्थ्य मापदण्ड अपनाएर ६ महिनापछि डुंगा संचालनमा आएको फेवा डुंगा व्यवसायी समितिका सहसचिव रुद्र भुजेलले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय कास्कीले सुरक्षा मापदण्ड अपनाएर डुंगा संचालन गर्न अनुमती दिएको हो। डुंगा संचालनमा अनुमती दिए पनि फेवातालको मध्यभागमा रहेको प्रसिद्ध तालबाराही मन्दिर दर्शन गर्न र घुम्न जान भने रोक लगाइएको छ। डुंगामा मन्दिरमा जान भने पाइने छैन सहसचिव भुजेलले भने।

डुंगामा फेवाताल सयर गर्दा एकै परिवारका वा संगै आएका साथी हुनु पर्ने छ। डुंगा घाटमै भेटिएर डुंगा सियर गरेर तालमा घुम्न जान पनि रोक लगाइएको उनले सुनाए। डुंगा चड्न आउने यात्रुहरुले अनिवार्य रुपमा माक्स लगाएको हुनु पर्ने छ। डुंगा चड्नु अघि ज्वरो नाप्ने, सेनिटाइजर प्रयोग गरिने छ।

कोरोना संक्रमण नसरो भन्ने उद्देश्यले सामान्य अवस्थामा यात्रु चड्ने संख्या भन्दा आधा मात्र यात्रु डुंगामा सयर गर्न पाउने छन्। १८ फुटे डुंगामा ३ जना र २० फुुटे डुंगामा ४ जना यात्रु चड्न पाउने छन्। १० जना अट्ने प्याडलबोटमा ५ देखि ६ जना मात्र चड्न पाउने व्यवस्था मिलाइएको उनले सुनाए।

लाइफ ज्याकेट पनि एक पटक प्रयोगमा आएपछि स्यानिटाइज गरेर राखिने छ। यसरी स्यानिटाइज गरेको जकेट भोली पल्ट मात्र प्रयोगमा ल्याइने पनि उनले बताए। डुंगा संचालनमा आए संगै लामो समय थन्कीएका डुंगा मर्मत, सरसफाई सुरुभएको छ।

फेवातालको ८ डुंगा घाटमा गरेर कुल ७ सय डुंगा रहेको समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले जानकारी दिए। सबै भन्दा धेरै फेवातालको बिचमा रहेको तालबाराही मन्दिर जाने बाराही घाटमा ३ सय ५६ वटा डुंगा छन्। फेवातालमा ६ सय जनाले दैनिक डुंगा चलाएर जीवन निवार्हा गर्दै आएका थिए। सिजनमा बाराही घाटका सबै ३ सय ५६ वटा डुंगाले पालो पाउँने र अफसिजन असार साउनमा भने पर्यटक कम आउने भएकोले रोल ढिलो आउने व्यवसायीले बताएका खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

प्रकाशित भएको : September 19th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु