पछिल्लो २४ घण्टामा संक्रमित भन्दा निको हुनेको संख्या बाढि

 

काठमाडौं ।

अाज देशभर १ हजार २०४ मा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका बताएका हुन्। याे सहित हालसम्म देशभर संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ।

पछिल्लो २४ घण्टामा मात्र १४४७ जना कोरोनाबाट निको भई घर फर्किएका छन्। याे सहित हालसम्म निको हुनेको संख्या ४५ हजार २६८ पुगेको छ।

हाल देशभर १७ हजार १२९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

यस दिन १० हजार ३३३ जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा थप ११ जनाको मृ’त्यु भएको छ। यीसहित मृ’त्यु हुनेको संख्या ४०१ पुगेको छ।

प्रकाशित भएको : September 19th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु