
जनकपुरधाम ।
कोरोना को महामारीले आक्रान्त भईरहेको बेला अशोज १ गतेबाट केहि निशेषज्ञा केहि खुकुलो भएको छ । खुकुलो भए संगै धेरै क्षत्रहरुले राहत महासुस गरेका छन् ।
केहि दिन पहिले उपत्यकामा मछिन्द्रनाथको रथयात्रा को क्रममा झडप हुदा निशेषज्ञानै जरी गर्नु परेको थियो ।
त्यस्तै सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु आदेश जारी गरिएको छ । शनिबार दिउँसो १ बजेर ३० मिनेटदेखि आइतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
सर्वसाधारणलाई घरबाट निस्किन नदिन स्थानीय प्रशासन ऐन २०२८ अनुसार कर्फ्यु लगाइएको उनले बताए ।
शुक्रबार विश्वकर्माको मूर्ति विसर्जन गर्ने क्रममा दुई पक्षबीच झडप हुँदा झण्डै एक दर्जन व्यक्ति घाइते भएका थिए । सेलाउन लगिएको मूर्ति अहिले जिल्ला प्रहरी कार्यालयमा राखेर दुबै पक्षबीच छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
उनकाअनुसार छलफल भइरहँदा पनि घरेलु हतियार बोकेर सर्वसाधारण निस्किन थालेको सूचना आएपछि कर्फ्यु आदेश जारी गरिएको हो ।
प्रतिकृया दिनुहोस्