काठमाण्डौको लागि पेट्रोल लिएर जाँदै गरेको ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी

 

काठमाडौं ।

अति प्रज्वलनशिल पदार्थ पेट्रोल बोकेको ट्याङकर पृथ्वी राजमार्ग अन्र्तगत धादिङ जिल्लाको गल्छी गाउँपालिका–६ चरौंदीस्थित सुत्केरी डाँडाबाट खसेर दुर्घटनामा परेको छ ।

उक्त ट्याङ्कर राजमार्ग बाट करिव ६०० मिटर तल त्रिशुली नदिमा खसेको हो ।

काठमाडौंतर्फ आइरहेको ना ४ ख २८२२ नम्बरको ट्यांकर धादिङ जिल्लाको गल्छी गाउँपालिका–६ चरौंदीस्थित सुत्केरी डाँडाबाट करिब ६ सय मिटर तल त्रिशूली नदीमा खसेर आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दमकलको सहायताले आगो निभाइएको छ । नदीमा खसेको ट्यांकरको केही भाग देखिएको छ ।

अहिले उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटना आइतबार बिहानपख करिब २ बजे भएको हो । ट्यांकर चालक र सहचालक प्रहरीको सम्पर्कमा आएका छन् ।

घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित भएको : September 20th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु