नेकपा सचिवालय बैठकको क्रममा पेरिसडाँडाबाट एक महिला पक्राउ

 

काठमाडौं,

प्रहरीले काठमाडौँको पेरिसडाँडाबाट एक महिलालाई पक्राउ गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकका क्रममा भित्र पस्न खोजेपछि दोलखाकी बालिका खड्कालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

झोला देखाउन आग्रह गर्दा नदेखाएर जबर्जस्ती जान खोजेपछि नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

प्रहरीका अनुसार खड्कालाई धर्नामा बस्न आएको र अन्य साथीसमेत आउन लागेको बताएपछि नियन्त्रणमा लिइएको हो ।

बालिकाको नाम यसअघि प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईसँग जोडिएको थियो । बालिकाले अहिले राईविरुद्ध हालेको मुद्दा फिर्ता लिईसकेकी छिन्

प्रकाशित भएको : September 21st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु