मास्कले भ्याक्सिनकै काम गर्न सक्छ,मास्कको भरमा कारोना जित्ने देशहरु धेरै छन्

 

विश्व

विश्वका कयौँ देशहरुमा कोरोनाको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । तीमध्ये अमेरिका र भारतको अवस्था अधिक खराब रहेको छ ।

कोराना भाइरसका कारण मर्ने मानिसहरुको संख्या हेर्ने हो भने सबैभन्दा धेरै अमेरिकामा नै रहेको छ । त्यहाँ २ लाख भन्दा धेरै मानिसहरुको मृत्यु भइसकेको छ ।

एक समय थियो, जब जापान, दक्षिण कोरिया र सिंगापुर जस्ता देशहरुमा संक्रमणका मामलाहरु अधिक तीव्र गतिमा बढिरहेको थियो, तर उनीहरुले बिना भ्याक्सिन भाइरसमाथि रोक लगाइदिए र कोरोना फैलने गतिलाई अधिक सुस्त बनाइदिए । यि देशहरुमा भाइरस कसरी नियन्त्रण भयो त ?

विश्वभरका वैज्ञानिक कोरोनाबाट बच्नका लागि मानिसहरुलाई मास्क लगाउने सल्लाह दिइरहेका छन्। यसलाई जापान, दक्षिण कोरिया र सिंगापुरले अधिक गम्भीरताका साथ लियो र ठूलो मात्रामा मानिसहरुले पनि मास्क लगाउने नियमको पालना गरे । यसबाट तीव्र गतिमा फैलिदो संक्रमणमाथि अधिक मात्रामा लगाम लाग्यो। यि देशहरुमा भाइरस नियन्त्रणमा भएपनि मानिसहरु सतर्क छन् र मास्क लगाएर बाहिर निस्कन्छन् । नेपाल, अमेरिका, भारत जस्ता देशहरुमा मानिसहरु बिना मास्क आरामले यात्रा गरिरहेका छन्, जसको परिणामस्वरुप आज यहाँ संक्रमण तीव्र गतिमा फैलिरहेको छ ।

न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा केही दिन पहिले एउटा रिपोर्ट प्रकाशित भएको थियो, जसमा वैज्ञानिकहरुद्धारा बताइएको थियो कि, कपडाबाट बनेको मास्क यदि सबै मानिसहरुले पूरै सतर्कताका साथ र सही तरिकाबाट लगाए भने यसले भ्याक्सिन सरह काम गर्दछ ।

रिपोर्टका अनुसार, यदि सबै मानिसहरुले मास्कको उपयोग गर्छन् भने यस्तोमा संक्रमित व्यक्तिबाट स्वस्थ मानिसहरुको शरिरमा भाइरस फैलने सम्भावना अधिक मात्रामा कम हुन्छ र यदि फैलियो भने पनि कम मात्रामा भाइरस हुने कारण व्यक्तिको शरिरमा भाइरस लोड कम हुनेछ, जसबाट गम्भीर रुपमा बिरामी हुने खतरा रहदैन ।

खासमा एन–९५ मास्कमा भल्भ हुन्छ र विशेषज्ञहरुका अनुसार, भल्भ भएको मास्क प्रयोगकर्ताको रक्षा त अधिक मात्रामा गर्छ नै तर भल्भ भएका कारण यसबाट अर्काे दोस्रो व्यक्तिको शरिरमा भाइरस प्रवेशको खतरा हुनसक्छ। त्यसैले केही वैज्ञानिकहरुले भल्भ भएको मास्क नलगाउन सल्लाह दिएका छन् ।

विशेषज्ञहरुका अनुसार, सूतीको कपडाबाट बनेको मास्क संक्रमणको खतराबाट बच्नका लागि सबैभन्दा अधिक प्रभावकारी हुन्छ । यसलाई तपाईले घरमा नै बनाउन सक्नुहुन्छ वा बाहिर बजारबाट पनि खरिद गर्न सक्नुहुन्छ । यद्यपी केही किन्नुभन्दा पहिले सावधानी अपनाउन जरुरी छ

प्रकाशित भएको : September 22nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु