विराटनगरमा कोरोना संक्रमितको मृ’त्यु

 

विराटनगर ।

मोरङमा उपचाररत झापा भद्रपुरका एक कोरोना संक्रमितको मृ’त्यु भएको छ ।

विराट मेडिकल कलेजको आइसोलेसन कक्षमा उपचाररत भद्रपुर नगरपालिका –१० का ८६ वर्षीय वृद्धको बुधबार विहान मृत्यु भएको कलेजका आइसोलेसन इञ्चार्ज सुनील देवले जानकारी दिए ।

कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि अस्पताल आएका वृद्धलाई सोमबार नै कोरोना पोजेटिभ देखिएको थियो ।

वृद्धलाई उपचारका लागि भर्ना गर्दा स्वासप्रश्वासमा समस्या देखिएको, ज्वरो आएको र जटिल खालको निमोनिया देखिएको अस्पतालले जनाएको छ । उनको मिर्गौलामा पनि समस्या देखिएको थियो ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ५७ पुगेको छ ।

प्रकाशित भएको : September 23rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु