फेरी हुन सक्छ महामारी ब्रुसेलोसिस संक्रमण चीनमा ४ हजारबढी मानिस बिरामी, के बाट सर्छ ?

 

काठमाडौं ।

कोरोना भाइरस संक्रमण नियन्त्रण भएको चीनमा ब्रुसेलोसिस ब्याक्टेरियाको संक्रमणबाट सयौ मानिस बिरामी भएका छन् । उत्तर पश्चिमीको क्षेत्रको गैन्सू प्रान्तको लानजोउ शहरमा ब्रुसेलोसिस ब्याक्टेरियाको संक्रमणबाट ३ हजार २४५ जना संक्रमित भएको चीनको सरकारी अखबार ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

प्रान्तिय रोग नियन्त्रण विभागका अनुसार २१ हजार मानिसको ब्रुसेलोसिस परीक्षण गर्दा ४ हजार ६४६ जनालाई संक्रमण पुष्टि भएको छ । यद्यपी यो संख्या अझै बढी हुनसक्ने अनुमान गरिएको छ । संक्रमण फैलने डरले अधिकारीहरुलाई चिन्तित बनाएको छ ।

ब्रुसेलोसिस एक संक्रामक रोग हो जुन गाई, भेडा, बाख्रा ,कुकुर र सुँगुरलाई हुने गर्दछ र संक्रमित यी जनावरको सम्पर्कबाट मानिसमा संक्रमण सर्छ । विश्व स्वास्थ्य संगठनले विश्वका केही देशहरुमा ब्रुसेलोसिस आउटब्रेक भइरहेको र धेरैजसोलाई पाश्चरीकृत नगरिएको दुध तथा पनिर खादा संक्रमण भएको पाइएको बताएको छ ।

यो रोग मानिसबाट मानिसमा सर्ने सम्भावना कम रहने बताइन्छ । यो रोगको औषधि छ । औषधि एक महिनासम्म चलाउनुपर्ने हुन्छ । ज्वरोको साथै पसिना आउनु, थकाइ लाग्नु, आन मन नलाग्नु, टाउको दुख्नु, तौल घट्नु तथा मांशपेशी दुख्नु यस रोगको लक्षणहरु हुन् ।

यी मध्ये केही लक्षणको असर लामोसमय सम्म रहिरहन्छ, जस्तै पटक–पटक ज्वरो आउनु, जोर्नीको दुखाई, अण्डकोष सुन्निनु, मुटु तथा कलेजो सुन्निनु तथा डिप्रेशन हुन्छ । गत जुलाई –अगस्ट महिनामा चीनको एक कारखानामा भएको चुहावटका कारण ब्याक्टेरिया फैलिएको थियो ।

प्रकाशित भएको : September 23rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु