पछिल्लो २४ घण्टामा मात्रै यति धेरै संक्रमित थपिए

 

काठमाण्डौं,

नेपालमा पछिल्लो २४ घण्टामा थप ११७२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालको नियमित प्रेस ब्रिफिङको क्रममा प्रवक्त डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ११७२ संक्रमित भएको पुष्टी गरेका हुन् ।

देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लाे २४ घण्टामा थप १८९३ जना संक्रमण मुक्त भइ डिसचार्ज भएका छन् ।

बाँकेमा बुधबार ७३ कोरोना संक्रमित डिस्चार्ज

बुधबार बाँकेमा एकै दिन ७३ जना कोरोना संक्रमित डस्चार्ज भएका छन् । योसँगै जिल्लामा कोरोनाबाट निको हुनेहरुको संख्या एक हजार ३ सय ३७ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार १४ दिन आइसोलेसनमा बसेका उनीहरु बुधबार निको भएर घर फर्किएका हुन् ।

हाल जिल्लामा ३ सय २६ जना आइसोलेसनमा छन् । जिल्लामा कोरोनाबाट हालसम्म ११ जनाको मृत्यु भइसकेको छ । ती मध्ये ५ जना जिल्ला बाहिरका हुन् ।

जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार ६ सय ७४ पुगेको छ ।

प्रकाशित भएको : September 23rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु