बिर अस्पतालको घटनाको बारेमा बोल्यो मन्त्रालय यस्तो छ सत्य तथ्य

 

काठमाण्डौं,

वीर अस्पतालमा कोरोना संक्रमित मृतकको शुवका सम्बन्धमा समाचारहरुमा आए जस्तो यथार्थ नरहेको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ ।

स्वास्थ्य मन्त्रालको नियमित प्रेस ब्रिफिङको क्रममा प्रवक्त डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफीङको क्रममा उक्त कुरा स्पष्ट पारेका हुन् ।

यस्तो छ घटनाको सत्य तथ्य घटना बारे प्रवक्तको भनाई जस्ताको त्यस्तै

मृतक संक्रमीत बिर अस्पतालमा उपचारका लागि केन्द्रीय कारागारबाट मिति २०७७ असोज ३ गते राति १०ः५५ बजे अस्पताको ईमरजेन्सी बिभागमा ल्याईएका रुपन्देहि जिल्ला सिद्धार्थनगर नगरपालीका स्थायी ठेगाना भएका बर्ष ६३ का एक कैदिको मृत्युको बिषयमा बिभिन्न संचारमाध्यममा समचार संप्रेक्षण भएको सन्दर्भमा सत्य तथ्य बेहोरा देहाय बमोजिम रहेको अनुरोध छ ।

बिरामिलाई ईमरजेन्सी बिभागमा ल्याउने बित्तीकै डिउटिमा खटिएका ईमेरजेन्सी बिभागमा परिक्षण गर्दा जिवित रहेको कुनैपनि चिन्ह नरहेकोले मृत रहेको घोषणा गरिएको, कारागारकै सुरक्षा कर्मिको अनुरोधमा शवको कोरोना परिक्षण गर्नुपर्ने भई मृतकको स्वाव लिई अस्पतालको ल्यावमा परिक्षण गरिएकोमा मिति २०७७ असोज ५ गते कोरोना पोजेटिभ रिपोर्ट प्राप्त भएको

कोरोना परिक्षणको लागि स्वाव संकलन गरिएकोले मृतकको शव अस्पतालकै शव गृहमा राखिएको बिगत ४ दिन देखि मृतकको शव शव गृहमा रहेकोले शव सड्ने गल्ने प्रकृयाको कारण शरिरमा फोकाहरु निस्कीएको, छालाको रंग निलो कालोमा परिणत भएको, जिउ सुनिएको तथा मुख र नाकबाट रगत मिश्रीत तरल पदार्थ निस्कीएको अवस्था हो ।

सड्न गल्न सुरु भएको शवमा यस्ता परिवर्तन हुने हुन्छ यो सामान्य प्रकृया हो । साथै संचार माध्याममा आए जस्तै कुनै अंगहरु निकालिएको छैन र निकाल्ने कुरा पनि आउदैन ।

यस अघि नै बिर अस्पतालले यस बारेमा स्पष्ट पारीसकेको छ । बिभिन्न संचारमाध्यममा यस कुरालाई चिकित्सा बिज्ञानमा हुन सक्ने कुराहरु नबुझि अतिरंजित गरि सत्य तथ्य नवुझी समचार संप्रेक्षण भएको प्रति यस मन्त्रायको गम्भीर ध्यानाकर्षण भएको छ । कल्पना समेत गर्न नसकिने आरोप लगाएर समचार प्रेसित नगरिदिनुहुन, साथै अस्पताल तथा स्वास्थ्यकर्मिहरुको मनोवल नगिराईदिनुहुन सम्बन्धीत सबैलाई मन्त्रालय अपिल गर्दछ ।

प्रकाशित भएको : September 23rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु