
आमा छिटो गर्नु बाहिर फोटो खिच्ने अंकल आउनु भयो म कटनको पहेलो जामा तोरीको तेल लाएर सर्लक्क कपाल कोरेर पनि खेल्न निस्किएको थिए।
मलाई एकै छिन् भए पनि खेल्न नै हतार थियो । आमा एकछिन है त भन्दै हुनुहुन्थ्यो । बाबा पनि रेडी भैसक्नु भएको थियो ,आमालाइ भने सधै समय लाग्ने थियो किनकि महिला हरुलाई अलि राम्री हुन पर्छ नि , बुवा कहिले काही आमालाई जिस्काउनु हुन्थ्यो धन्न म छोरो भएर जन्मिएँछु !
रातो सारी ,निलो ब्लाउज सिरमा रातो सिन्दुर अनि हात भरि चुरा लगाउनु भएको थियो भने बुवाले कालो कोट कालो पाइन्ट अनि शिरमा ढाका टोपी संगै कालो चस्मा पनि हातमा थियो यस्तो लाग्थ्यो फेरी बिवाहको लागि मण्डप जादै हुनुहुन्छ ।
अंकल भने आफ्नो क्यामरा तयार गर्दै कता राम्रो फोटो आउछ हेर्दै हुनुहुन्थ्यो, बैशाख महिना वरीपरी हरियो मकै टन्न थियो सायद त्यो भन्दा राम्रो ठाउँ अरु कतै थिएन पनि ।
आमाले म तिर हेर्दै भन्नु भयो त्यति राम्रो कपडा हेर त फोहोर बनाइसकिछ कति चक चक गर्नु पर्छ है , बुवाले मायाको भावमा भन्नु भयो छोरी यता आउ अब फोटो खिच्नु पर्छ ।
अंकल ले घर पछाडिको मकै बारी रोज्नु भयो फोटो को लागि साच्चै मज्जाको थियो हरियो मकै संगै वरिपरी अरु बिरुवा पनि त्यसले झन् सुगन्ध थपेको थियो ।
पहिलो पटक आफ्नो अनुहार क्यामरा मा देखाउदै थिए किनकि फोटो को जमाना थिएन तर पल्लो घर त्यहि अंकलले फोटो खिच्दा देखेकि थिए त्यति नै बेला मैले आमालाइ भने कि हाम्ले पनि त्यस्तै फोटो खिचम न मलाई रहर लाग्यो कस्तो आउछ होला मेरो अनुहार क्यामेरा मा, कसरि देखिन्छ होला ,कहाँ अट्न सक्छु होला अझ बुवा आमा त ठुलो हुनुहुन्छ ।
त्यति बेला को मनले यो सबै सोचेकी थिए तर भन्न सकेकी थिइन् सानै भएपनि धेरै कुरा बुझ्ने भएकी थिए ।
अब सुरु भयो हाम्रो फोटो सेशन पहिले बुवा ले मलाई काख मा लिनु भयो अनि क्यामरा अंकलले खिचिक्क पार्नु भयो सेतो बत्ति आखामा बल्यो, आखा झीमिक्क भयो लाग्यो अरु कसैले आखालाई नै फोकस गरेर चहकिलो लाइट बालेको छ । म मा उत्सुकता पैदा भयो ।
म कस्तो आए होला म त्यहाँ अटे कि नाइँ होला फेरी मलाइ आमाले काखमा लिनु भयो उसैगरी आखामा बत्ति पर्यो म खिस्स हासेकी थिए तर मलाइ थाहा थिएन कि फोटो खिच्ने बेला हास्नु पर्छ ।
म बुवा आमाको बिचमा भए र अन्तिममा बुवा म हजुर भए तिर बस्छु नि है भन्दै बुवाको दाइने हात तिर उभिए अनि बुवा आमा मात्रै पनि खिच्नु भयो साच्चै कति सुहाएको थियो त्यो जोडी केहीबेर मै सकियो ।
अब केहिदिनमा फोटो आउछ भन्दै क्यामरा झोलामा हाल्दै गर्दा भन्नु भयो म त्यो केहि दिनको प्रखाई मा थिए कहिले आउछ होला ? सबै भन्दा पहिले म आफुलाई हेर्नु थियो किनकि बुवा आमालाई त प्रत्यक्ष देखेको थिए ।
केहि दिनमा फोटो आयो आफैलाई अचम्म लाग्यो एउटा सानो पेपर मा हामि सबै अटेका थियौ बुवाले सबै फोटो एल्बम मा राख्नु भयो ।
आज बर्षौ पछी त्यहि एल्बम हेर्दै छु हिजो बुवा आमाको काखमा अटाएकि म आज घरमा पनि अटाउन सकिन सायद सानो हुदै जाने रहेछ छोरि जन्मिएको घर केहि तस्बिर छन् अनि केहि मनमा आज त्यहि मकै बारी सम्म पुगे त्यो बालापन सम्म पुगे फेरी एकपटक बुवा आमाको काख सम्म पुगे
त्यो पुरानो तस्बिर हरुले कति छिटो बर्षौ अगाडी पुर्याउछ कति ताजा बनाउछ त्यो पल हिजो तस्बिर मा मुस्कुराएकी म आज म पनि उसैगरी मुस्कुराउन पाउ बस ।
पुरानो तस्बिरको पनि खुब माया लाग्ने रहेछ सायद केही याद हरु जोडिएको भएर पनि होला ।।
प्रतिकृया दिनुहोस्