२४ घन्टाभित्र कोरोना संक्रमणबाट अहिलेसम्मकै सर्वाधिक मृत्यु

 

काठमाडौं,

नेपालमा कोरोना भाइरसको संक्रमणबाट बितेको २४ घन्टामा १७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा ५ महिला र १२ पुरुष छन् ।

आज मृत्यु पुष्टि भएकासँगै कोरोनाबाट कुल मृतक संख्या ४ सय ५३ पुगेकोछ ।

संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६५ प्रतिशत छ ।

आज काठमाडौं उपत्यकामा २ महिला र ४ पुरुषसहित ६ जनाको मृत्यु पुष्टि भएको छ ।

आज अधिकांश कोरोना संक्रमणबाट वृद्धवृद्धाको मृत्यु भएको छ ।

प्रकाशित भएको : September 24th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु