कोरोना निको हुने दर सार्ककै कम

 

काठमाडौं।

नेपालमा कोरोना संक्रमणबाट निको हुने दर सार्क मुलुककै कम पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने दर ७३।४ प्रतिशत छ । हालसम्म कोरोना संक्रमणबाट ५३ हजार ८ सय ९८ जना निको भएका छन् ।

सार्क मुलुकमध्ये पाकिस्तान र श्रीलंकामा निको हुने दर सबैभन्दा बढी छ । पाकिस्तानमा ९५।४ प्रतिशत, श्रीलंकामा ९४।४ प्रतिशत । त्यसपछि तेस्रोमा माल्दिभ्स छ । त्यहाँ निको हुने दर ८३।२, भारतमा ८२।६ प्रतिशत छ । त्यसपछि अफगानिस्तानमा ८३।२, भारतमा ८२।१, भुटानमा ७५।३ र बंगलादेशमा ७४।८ प्रतिशत छ । नेपालमा पछिल्लो २४ घण्टा ९आइतबार अपराह्नसम्म० मा ८ सय ८५ जना मात्रै डिस्चार्ज भएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा बाबुराम मरासिनी सार्क राष्ट्रमध्ये कतिपयले विशेष औषधिको प्रयोग गरिरहेको हुन सक्ने बताउँछन् । ‘बंगलादेशलगायत केही मुलुकले विशेष औषधि चलाएका पनि छन् । त्यसकारण पनि नेपालबाहेकका मुलुकमा कोरोनाबाट निको हुने दर बढेको हुन सक्छ, डा मरासिनी भन्छन् ।आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

प्रकाशित भएको : September 28th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु